शिबराज पन्थी/सिधा-पत्र कर्मी मंगलबार, भाद्र १८, २०८१

दाङ । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको आयोजना र युएसएआईडि को सहयोगमा देउखुरीको गढवामा जलवायू परिवर्तन, यसको अनूकुलन र परिवर्तनले जैविक बिविधतामा पारेको असरका बारेमा छलफल गरिएको छ ।

गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्षको अध्भ्यक्षतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष आलेले जलवायू परिवर्तनले सिंगो मानव समाज,जिवजन्तु र पर्यावरणमै असर पारेको र त्यसमा मानव समूदायकै हात रहेको बताए । मानव सिर्जीत कृयाकलापहरुबाट नै जलवायु परिवर्तन भैरहेको हुँदा जैविक विविधता संरक्षण गरि अनूकूल वातावरण निर्माण गर्न र पर्यावरणीय सन्तुलन ल्याउन हामी सबै मानवजाती र सरकारका निकायहरु एक भएर लाग्नुपर्ने वेला आएको उनले बताए ।

त्यस्तै जल–जंगल कार्यक्रम अन्तर्गत प्रकृतिमाथी दोहन भैरहेको र यसको संरक्षणमा हामी मानव जाती गंभिर हुनुपर्ने वेला आएको कार्यक्रममा बताईएको छ । कार्यक्रममा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता कमल गौतम र पर्यावरण विज्ञ सुधिर गोपाल आचार्यले जलवायु परिवर्तन र यसले प्राणि जगतमा निम्त्याएको संकट, अनूकूलनका उपायहरु र जैविक विविधताको संरक्षण सम्वद्र्धनमा मानविय दायित्वका बारेमा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा वडा सदस्य दिनमणी आचार्य,देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठक, रेडक्रसका युवराज आचार्य, पत्रकार दुखहरण यादव, चिन्तामणि पोख्रेल र पुर्व कार्यपालिकाका सदस्य मनिषा चौधरी कुमाल लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण मानव कल्याणका सरस्वती सुवेदीले गरेकी थिइन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]