वडाध्यक्ष सहनी र वडासचिव साह साढे ४ लाख घुससहित रंगेहात पक्राउ

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष र वडा सचिवसहित तीनजना साढे चारलाख रुपैयाँ घुससहित मंगलबार कार्यालय परिसरबाट रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलिले वडाध्यक्ष ५७ वर्षीय उपेन्द्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र साह र ४५ वर्षीय विजय मण्डललाई घुस रकमसहित […]

आज राष्ट्रियसभा बैठक बस्दै,विषयगत समितिका सभापतिको निर्वाचन मिति तोकिने

काठमाडौँ । आज संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्ने छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९–८० सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ । बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सदस्य मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौँ वार्षिक प्रतिवेदन, २०८०–८१ पेस गर्ने […]

नेपाली काङ्ग्रेस निकट थारु संघको वडा समिति धमाधम गठन गरिँदै

दाङ । नेपाली काङ्ग्रेस निकट थारु संघको वडा समिति धमाधम गठन गरिँदै छ । देशैभर थारु संघको वडा,नगर, क्षेत्र,जिल्ला,प्रदेश र केन्द्रिय समिति गठन गर्ने निर्णय अनुरुप दाङ क्षेत्र नम्बर १ मा पनि धमाधम समिति गठन गरिदैँ छ । लमही नगरपालिका अन्तरगतका वडाहरुमा वडा समिति गठन गर्ने र क्रमश नगर,क्षेत्र,जिल्ला गठन गर्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेसका […]

समाजबादी छोडेकाहरुद्वारा नयाँ दल “नेकपा बामपन्थी केन्द्र” घोषणा

दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा )एकीकृत समाजबादी छोडेर स्वतन्त्र बसेका नेताहरूले ‘नेकपा बामपन्थी केन्द्र’ नामको नयाँ पार्टी घोषणा गरेका छन् । सोमवार दाङको भालुबाङमा एक कार्यक्रमको आयोजना गरेर दल घोषणा गरिएको । नयाँ पार्टीमा ५१ सदस्यीय कार्यसमिति रहेकोे छ । पार्टी संयोजकमा राजकुमार कक्षपती,अध्यक्ष मुकुन्द राज रोका र महासचिबमा अर्जुन अधिकारी रहेका छन् । […]

नेपाल पत्रकार महासंघका अध्यक्ष पोख्रेलद्वारा राजीनामा

काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सोमबार पदबाट राजीनामा दिएका छन् । अब हुने निर्वाचनप्रति सर्वस्वीकार्यता हुन सक्ने अवस्था नरहेको र यसमा आफ्नो पनि कमजोरी रहेको स्विकार्दै उनले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् । ‘बाह्य सरोकारवाला पक्षहरूले समेत सदस्यतासूची आफूलाई देखाएर मात्र अघिबढ्नु पर्ने अपेक्षा अझै पनि कायम राखिराख्दा […]

राष्ट्रपतिद्वारा प्रधानसेनापति सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति पौडेलसमक्ष नवनियुक्त प्रधानसेनापति सिग्देलले पद तथा गोपनीयताको शपथ लिएका थिए । मुलुकको प्रमुख सुरक्षा सङ्गठन सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले आजैदेखि औपचारिक रूपमा सेनाको कमाण्ड सम्हालेका […]

सामान्य प्रशासन मन्त्रालयद्वारा सरुवा हुन नमान्ने कर्मचारी खोज्दै

काठमाडौं । पछिल्लो समय सरुवा भएपछि पनि कर्मचारीहरु तोकिएको ठाउँमा नजाने समस्या बढेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै रमाना नलिएका कर्मचारीको खोजी थालेको छ । मन्त्रालयका सचिव भरतमणि सुवेदीले मातहतका अधिकारीहरुलाई रमाना नलिएका सबै कर्मचारीको विवरण तयार गरेर छिटो रमाना लिने वातावरण बनाउन निर्देशन दिएका छन् । त्यस्तै अहिले सरुवापछि उपसचिव र सहसचिवहरु […]

सरकारी कार्यालयको खाजा समय ३० मिनेट,उलंघन गरे हेल्लो सरकारमा गुनासो गर्न सकिने

काठमाडौं । सरकारी कार्यालयको खाजा समय एक घण्टाबाट आधा घण्टामा कायम गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको […]

झापामा डेंगुबाट दुई जनाको मृत्यु,कोशीमा एक हजार बढी सङ्क्रमित

झापा । डेंगुबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेंगु सङ्क्रमणका कारण झापामा दुई जनाको मृत्यु समेत भएको छ । स्वास्थ्य कार्यालयका डेंगु फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेंगुबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत […]

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री केसीले गरे सरकारी गाडी फिर्ता

दाङ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् । प्रदेश सरकारले पूर्व विशिष्ट व्यक्तिहरूले पाउँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछि पूर्वमुख्यमन्त्री केसीले प्रयोग गर्दै आएको लु १ झ ७४५ नम्बरको स्कार्पियो गाडी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता गरेको मन्त्रालयका वरिष्ठ शाखा अधिकृत देवीराम भण्डारीले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]