
Gsbr-6
Usbl-7
ksbl-7
Pbu
jsbr-3
Gsbg-3
Csbg-7
Jsbg-7
Rksr-7
Msbg-2


दाङ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् ।
प्रदेश सरकारले पूर्व विशिष्ट व्यक्तिहरूले पाउँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछि पूर्वमुख्यमन्त्री केसीले प्रयोग गर्दै आएको लु १ झ ७४५ नम्बरको स्कार्पियो गाडी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता गरेको मन्त्रालयका वरिष्ठ शाखा अधिकृत देवीराम भण्डारीले जानकारी दिए । यहीँ भदौ ६ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले पूर्व विशिष्ट व्यक्तिलाई दिँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेको थियो ।
मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले फजुल खर्च घटाउने योजना बनाए अनुसार पूर्व विशिष्ट व्यक्तिलाई दिँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णयमा पुगिएको बताएका थिए । २०७९ भदौ ३१ गते बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले पूर्व विशिष्ट पदाधिकारीका लागि सेवा सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । यो निर्णयका आधारमा पूर्व मुख्यमन्त्री तथा सभामुखले सेवा सुविधा लिँदै आएका थिए । तर आर्थिक सङ्कट निम्तिएको समयमा मितव्ययिता अपनाउनको लागि भन्दै सरकारले पूर्व विशिष्ट व्यक्तिहरूलाई दिँदै आएको सेवा सुविधा फिर्ता गर्ने निर्णय गरेको अधिकृत भण्डारीले जानकारी दिएका हुन् ।
