
Usbl-7
ksbl-7
Gsbg-3
Csbg-7
Gsbr-6
Pbu
jsbr-3
Msbg-2
Rksr-7
Jsbg-7


काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष र वडा सचिवसहित तीनजना साढे चारलाख रुपैयाँ घुससहित मंगलबार कार्यालय परिसरबाट रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलिले वडाध्यक्ष ५७ वर्षीय उपेन्द्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र साह र ४५ वर्षीय विजय मण्डललाई घुस रकमसहित पक्राउ गरेको हो ।
त्यस्तै उनीहरुलाई आज दिउँसो वडा कार्यालय परिसरबाटै सेवाग्राहीबाट लिएको घुस रकम ४ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको अख्तियारका बर्दिबास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए । उनका अनुसार वडाअध्यक्ष र वडासचिवले घरबाटो प्रमाणित गरी दिनका लागि उक्त घुस रकम मागेको भन्ने सूचनाका आधारमा पछ्याएर रकमसहित पक्राउ गरिएको हो । उनिहरुलाई अहिले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
