
Asm
Rg-9
Gsbus
Ddh
Bpb
Rus
jmb
sks
Ssbus
Ppu
gms
Sys
smb
jms

Ssb
Rys
bmj
Ln7
Usb
Tsb
kbs
Dps
Ln3
bml
Hl1
Gg1
Ln1
Sbs
Gsb
Ln2
Asm
Ln8
cks
Gg5

Ksb
Gg2
Bpb
Jab
Snk
Sbs
Gg6
Jpb
Gg4
Rss
ptl
Gjl
Nps
Gg3
Sab
Sml
Rgu
काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सोमबार पदबाट राजीनामा दिएका छन् ।
अब हुने निर्वाचनप्रति सर्वस्वीकार्यता हुन सक्ने अवस्था नरहेको र यसमा आफ्नो पनि कमजोरी रहेको स्विकार्दै उनले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् ।
‘बाह्य सरोकारवाला पक्षहरूले समेत सदस्यतासूची आफूलाई देखाएर मात्र अघिबढ्नु पर्ने अपेक्षा अझै पनि कायम राखिराख्दा मन खिन्न हुन गएको छ । यस्तो अवस्थाबाट ममा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन’, उनको राजीनामा पत्रमा उल्लेख छ । उनले अहिलेको सबै अवस्था आउनुमा आफ्नो कमजोरीलाई स्वीकार गर्दै सबै कुराको नैतिक जिम्मेवारी लिने समेत बताएका छन् ।
त्यस्तै ‘मेरो मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्था समेत सहज रूपमा काम गर्न सक्ने अवस्थामा छैन । तसर्थ विधानले प्रदान गरेको अध्यक्षको सम्पूर्ण (आर्थिक समेत) जिम्मेवारी बहन गर्ने गरी कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी दिँदै आजैका मितिदेखि लागुहुने गरी अध्यक्ष पदबाट राजीनामा दिएको छु’, उनको राजीनामापत्रमा उल्लेख छ । सदस्यता विवादका कारण पत्रकार महासंघको निर्वाचन निर्धारित कार्यतालिकामा हुन नसकेको छैन भने पछिल्लो पटक असोज ५ गतेका लागि तय भएको छ ।
