
Rgp1
Unsku
Ggp
Rgp
Sgr
Srbpu
Lnp
Pbu
pku

Ssm
Wsp
Sls
Ggd
Pvg
Bbu
Rgu
Ksm
Rgs
Vor
Rsb
nsb
Asm
Bbbpu
Gst
Sbs
Hal
Rgu
Tsm

Gsb
bbt
Bml
Jmb
Abd
Rmb
Pls
Syp
Ptm
Jmb
Rpp
sab
Mks
बुटवल । आज प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह सहभागी हुन दिउँसो लुम्बिनी आउँदै छन् ।
विश्वविद्यालयका रजिस्टार तिलकराम आचार्यले उक्त समारोहमा विश्वविद्यालयका कुलपतिसमेत रहेका केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलका साथै स्वदेशी तथा विदेशी विशिष्ट पाहुना सहभागी हुने बताए । उक्त अवसरमा स्नातकोत्तर तहका १८६, स्नातकका ८८, विद्यावारिधि पूरा गरेका सात र पीजीडीका आठ विद्यार्थी दीक्षित हुनेछन् ।
प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १३ विद्यार्थीलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिनेछ । बौद्ध शिक्षा, धर्मदर्शनको प्रवर्धनमा योगदान पुर्याएकी भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य)लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने कार्यक्रम रहेको छ । विश्वविद्यालयमा अहिले ६८ विदेशीसहित २ हजार ३०० विद्यार्थी अध्ययनरत रहेका छन् ।
