उदयपुरको एक कल्भर्टमुनि भेटियो पुरुषको शव,तालिम प्राप्त कुकुरद्वारा अनुसन्धान गरिदै

उदयपुर । उदयपुरगढी गाउँपालिका वडा नम्बर–७ स्थित मदन भण्डारी राजमार्गमा पर्ने कल्भर्टमुनि एक पुरुषको शव फेला परेको छ । मंगलबार आज दिउँसो सोही वडाको घलेडाँडा घर भएका अन्दाजी ४३ वर्षीय नगेन्द्रबहादुर घलेको शव फेला परेको हो । उक्त शव फेला परेसँगै प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए […]

माओवादीमा देशव्यापी जागरण पैदा भयो : अध्यक्ष प्रचण्ड

तेह्रथुम । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीमा देशव्यापी जागरण पैदा भएको बताएका छन् । म्याङलुङस्थित तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा मंगलबार आयोजित पार्टीको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा उनले सम्पूर्ण शक्तिका साथ पार्टीलाई आफ्नो वर्ग र जनतातर्फ फर्काउने दिशामा अघि बढिएको बताए । जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि आफ्नो वर्गसँगको सम्बन्ध कमजोर भएको र वर्ग […]

पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरबाट जनजीवन प्रभावित

मोरङ । पछिल्लो समय पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । त्यस्तै चिसोबाट बालबालिकालाई समस्या भएको कोशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तापक्रम घट्दै गएकाले चिसो थप बढ्ने जनाएको छ । महाशाखाका अनुसार देशको विभिन्न भू-भागमा साथै […]

वन संरक्षणमा ध्यान दिन उपभोक्ता समूहहरुलाई सिनियर डिभिजनल प्रमुख वाग्लेको आग्रह

दाङ । सामुदायिक वनहरुलाई वन संरक्षण र सम्वर्धनमा ध्यान दिन डिभिजन वन कार्यालय दाङ देउखुरीका सिनियर डिभिजनल प्रमुख महेन्द्र राज वाग्लेले उपभोक्ता समूहहरुलाई आग्रह गरेका छन् । हावाहुरीको समय आउँदै गरेकोले वन क्षेत्रहरुमा हुने आगलागी नियन्त्रण गर्न आजैदेखि सामुदायिक वन उपभोक्ता समूहहरु चनाखो भई अग्नीरेखा निर्माण लगायतका सतर्कताहरु अपनाउन उनले आग्रह गरेका हुन् । आफ्नो […]

अछामका जनप्रतिनिधिद्वारा दुई किशोरीको मृत्युबारे गृहमन्त्री लेखकलाई ध्यानाकर्षण

अछाम । अछामको ढकारी गाउँपालिका वडा नम्बर –८, पल्साँताका दुईजना किशोरी जङ्गलमा मृत अवस्थामा फेला परेको घटनाका विषयमा अछामका जनप्रतिनिधिले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । त्यस्तै ढकारी गाउँपालिका– ८ कि १५ वर्षीया सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको शव ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक वनमा शनिबार बेलुकी फेला परेको थियो । […]

राजपुर गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशील प्रतियोगिता सुरु

दाङ । देउखुरीको राजपुर गाउँपालिकामा पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशील प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । शंकर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेनाथ यादवको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढातोकीको प्रमुख अतिथि एवं उपाध्यक्ष धनपति यादवको विशिष्ट अतिथिमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले खेल खेल्नको लागि खेलाडीलाई अनुशासनको धेरै आवश्यकता पर्ने बताएका […]

उपमहासचिव वर्षमान पुनलाई लिएर ओलीको जन्मथलो तेह्रथुम जाँदै प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा जाँदै छन् । प्रचण्ड आज र भोलि दुई दिन तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने छन् । प्रचण्डसँगै सैनिक हेलिकोप्टरमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि तेह्रथुम जाँदै छन् । प्रचण्डले आज लालीगुराँस नगरपालिका –७ लसुनेस्थित शहीद धनरुपा पार्कको उदघाटन गर्ने […]

ज्योतिष्मती विद्यापीठ लमहीको १९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

दाङ । देउखरीको लमहीमा रहेको ज्योतिष्मती विद्यापीठ विद्यालयको १९ औं वार्षिकउत्सव तथा अभिभावक दिवस कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त अधिकारीको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक लेखनाथ आचार्यको प्रमुख आतिथितामा भएको कार्यक्रममा लमही नगरपालिकाका पूर्व मेयर कुलबहादुर केसी, लमही नगरपालिकाका वर्तमान उपप्रमुख लक्ष्मी योगी,राजपुर गाउँपालिकाकी […]

रुपन्देही जिल्ला अदालतद्वारा रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश

रुपन्देही । सहकारी ठगीको आरोपमा जिल्ला अदालत रुपन्देहीले पनि रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई अदालतले १ करोड धरौटीमा छाड्न आदेश दिएको हो । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित […]

गढवामा सिपी नेपालको माघ बिशेष,खेलमा रमाउँदै पचास बर्षिय आमाहरु

दाङ । गढवा गाउँपालिका वडा नम्बर–५ लोखरपुर निवासी अस्तुनी चौधरी ५१ बर्ष पुगिन् ,तर पनि सिपि नेपालले देउखुरीको गढवामा आयोजना गरेको माघी बिशेष कार्यक्रममा पहिलो पल्ट फुटवल खेल्न आइन् । कति बस्छौ चुलो र चौकोमा,आउ बाहिर रमाऊ खेलमा भन्ने नाराका साथ क्रेयटिङ पोसिबिलिटिन नेपालले महिलाहरुका लागि मात्र आयोजना गरेको खेलमा रमाउन आएको बताइन् । त्यस्तै […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]