
Sds
Gisld
Pbu
mbd
Rbs
Mbdvs

Ksm
Ssm
Rsb
nsb
Tsm
Vor
Pvg
Gst
Ggd
Rgu
Bbbpu
Bbu
Sbs
Rgu
Rgs
Hal
Sls
Wsp
Asm

Ptm
Mks
bbt
Rpp
Jmb
Bml
Syp
sab
Abd
Rmb
Pls
Gsb
Jmb
दाङ । देउखुरीको लमही नगरपालिकाको बा २ झ ४२०१ नम्बरको गाडी दुर्घटनापछि उठेको विवाद र सार्वजनिक चासोका बीच नगरपालिकाले विस्तृत प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।
नगरपालिकाले केहि समयदेखि सामाजिक सञ्जाल तथा स्थानीय स्तरमा उठिरहेका गुनासो र वैशाख ७ गते प्राप्त ज्ञापनपत्रलाई ध्यानमा राख्दै कार्यपालिका बैठकको निर्णयअनुसार विज्ञप्ति जारी गरेको हो ।
जारी विज्ञप्ति अनुसार तत्कालीन अवस्थामा अछामको मंगलसेन नगरपालिकामा कार्यरत तथा हाल लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी लमही हुँदै घर जाँदै गर्दा सवारी साधनको लाइट बिग्रिएको थियो । सोही क्रममा मर्मतका लागि लमही नगरपालिकाका ड्राइभर मधुसूदन केसीलाई बोलाइएको र उनले कार्यालयको गाडी लिएर सहयोग गर्न गएको उल्लेख गरिएको छ ।
मर्मतपछि फर्किने क्रममा २०८२ जेठ ९ गते राति लमही–घोराही सडकखण्ड अन्तर्गत मुसोट चौपट्टा क्षेत्रमा उक्त गाडी दुर्घटनामा परेको नगरपालिकाले पुष्टि गरेको छ । दुर्घटनामा चालक केसीको खुट्टा भाँचिएको,गाडीमा सवार नगर प्रहरी र ड्राइभर केसीका छोरा सामान्य घाइते भएको जनाइएको छ । दुर्घटनापछि गाडी घोराहीस्थित सिप्रदी मोटर्समा राखिएको भए पनि त्यसपछि कसरी र कसको अनुमतिमा नेपालगञ्जको अल एटु जेड अटो वर्कसपमा पठाइयो भन्नेबारे कार्यपालिकालाई जानकारी नभएको विज्ञप्तिमा उल्लेख छ ।
नगरपालिकाले दुर्घटनापछि मर्मत प्रक्रिया अघि बढाउने निर्णय मंसिर २५ गतेको कार्यपालिका बैठकबाट गरिएको जनाएको छ तर उक्त विषय सार्वजनिक भएपछि अख्तियारमा उजुरी परेको र त्यसपछि अनुसन्धान प्रक्रिया अघि बढेको बताइएको छ ।
यसैबीच मर्मतकै क्रममा फागुन २४ गते राति नेपालगञ्जस्थित अल एटु जेड अटो वर्कसपमा विद्युत सर्ट भई आगलागी हुँदा उक्त गाडी सहित अन्य सवारी साधन र उपकरणहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेको प्रतिवेदनमा उल्लेख गरिएको छ । हाल उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धान गरी प्रतिवेदन पेश गरिसकेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट थप अनुसन्धान भइरहेको नगरपालिकाले जनाएको छ ।
क्षतिग्रस्त गाडीको वीमा दाबीका लागि सिद्धार्थ प्रिमियम इन्सोरेन्स लिमिटेड घोराहीमा आवश्यक प्रक्रिया अघि बढाइसकिएको नगर प्रमुख जागराज चौधरीले जानकारी दिएका छन् । उता यस घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग राख्दै जेन–जेड युथ रिभोलुसन अफ देउखुरीका प्रशान्त वसेलको नेतृत्वमा केही दिनयता हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको थियो ।

