
Mbdvs
mbd
Gisld
Sds
Pbu
Rbs

Bbu
Sbs
Gst
Rgs
Hal
Tsm
Pvg
Ssm
Asm
Wsp
Ggd
Rgu
Sls
Rsb
Vor
Bbbpu
nsb
Ksm
Rgu

Abd
Ptm
Rmb
Syp
Bml
bbt
Gsb
Jmb
Rpp
Jmb
sab
Pls
Mks
धनगढी । कञ्चनपुरमा विवाहमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका वडा नम्बर ५, भानुबस्तीमा धारिलो हतियार प्रहारबाट १८ वर्षीय उज्वल सायरको हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार गएराति साढे १ बजेतिर भानुबस्तीमै विवाहमा गएका बेला झगडा हुँदा उज्वलमाथि धारिलो हतियार प्रहार भएको थियो ।
त्यस्तै उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी शाहीले बताए । उनको छातीमा धारिलो हतियार प्रहार भएको थियो ।
उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई अनुसन्धानका लागि पक्राउ गरेको छ । अनुसन्धानका लागि नियन्त्रणमा लिइएका उनीहरुको परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ ।
