
Bksbus5
Amb
Gsl
dsbus
Nssbus7
Ddhbs
Ssbus
Rbs
Gsbus
Pbu
Csbus
Syees
Ratbs
Jsbus
gms
syysr

Asm
Ksm
Ggd
Sbs
Rgu
Tsm
Sls
Rgu
Rsb
Gst
Pvg
Hal
Bbu
Rgs
nsb
Vor
Ssm
Wsp
Bbbpu

sab
Gsb
bbt
Syp
Rpp
Rmb
Mks
Bml
Jmb
Jmb
Ptm
Pls
Abd
दाङ । देउखरीको लमहीमा रहेको ज्योतिष्मती विद्यापीठ विद्यालयको १९ औं वार्षिकउत्सव तथा अभिभावक दिवस कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त अधिकारीको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक लेखनाथ आचार्यको प्रमुख आतिथितामा भएको कार्यक्रममा लमही नगरपालिकाका पूर्व मेयर कुलबहादुर केसी, लमही नगरपालिकाका वर्तमान उपप्रमुख लक्ष्मी योगी,राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपतिदेवी यादव, प्याप्सनका केन्द्रीय सचिव यादव गिरी,वास्तुविद् डाक्टर खिला अधिकारी,अधिकारी समाजका केन्द्रीय अध्यक्ष नारायण अधिकारी,ध्यान शिक्षक नारायण प्रसाद आर्य धिमाल लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयले विगतका सबै वर्षमा सर्वोकृष्ट नतिजा दिँदै आइरहेको र गत वर्ष रदेउखोरी प्रथम भएकोमा सबै बोल्ने वक्ताहरूले विद्यालयलाई हार्दिक बधाई ज्ञापन गर्दै यसको निरन्तरताको लागि शुभकामना दिएका थिए ।
संस्कार सहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विद्यालयमा आफ्ना बालबालिकालाई पढाउने सम्पूर्ण अभिभावकहरू पनि भाग्यमानी भएको भन्दै बोल्ने वक्ताहरुले अभिभावकलाई हार्दिक बढाई ज्ञापन समेत दिएका थिए।
हाल बढ्दै गएको मायाप्रेमका नृत्यहरू र छाडा नृत्य,हिन्दी गीतमा नृत्य नगराई बालगीत,राष्ट्रिय गीत तथा विभिन्न जातजातिका सांस्कृति गीतहरूमा विद्यार्थीहरुले प्रदर्शन गरेका कला नृत्यहरूको कार्यक्रममा बोल्ने वक्ताहरूले मुक्तकण्ठले प्रशंसा समेत गरेका थिए । उनीहरूले हाम्रा सनातन संस्कार र संस्कृतिको संरक्षण र सम्बर्धनमा संस्कृत शिक्षा, योग शिक्षा, भावानित ध्यानको माध्यमबाट विद्यालयले पुर्याएको योगदानको प्रशंसा गर्दै दाङ जिल्लामै नमूना विद्यालय रूपमा रहेको खुसी व्यक्त गरेका थिए ।
कार्यक्रममा ज्योतिष्मती सामाजिक सेवा सम्मानबाट डाक्टर कृष्णराज सर्बहारी,ज्योतिष्मती आमा सम्मान पुरस्कारबाट लमही-६ देउपुर निवासी अभिभावक रिता केसी र लमही – ७ बन्गैँ निवासी शर्मिला शाहलाई सम्मान गरिएको थियो भने विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । विद्यालय सञ्चालक समितिका सदस्य शरद कुमार शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यार्थी क्याप्टेन बिपिन पन्थीले विद्यालयमा उपलब्ध सेवासुविधा र अत्यधुनिक शिक्षण पद्धतिकाे प्रसंसा गर्दै आफुहरू विद्यालयकाे सेवाबाट खुशी रहेकाे कुरा व्यक्त गर्दै शुभकामना मन्तव्य दिएका थिए ।
पञ्चशंख ध्वनि र स्वस्ति वाचनबाट उद्घाटन भएको कार्यक्रममा वार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुत विद्यालयका प्रिन्सिपल नारायण भुसालले गरेका थिए भने कार्यक्रमको सञ्चालन सहायक प्रिन्सिपल विनोद भट्टराईले गरेका थिए ।
