
Gfs
pku
Djs
Srbpu
cjs
Pes
Lnp
Rgp1
Unsku
Sgr
Rgp
Pbu
Ggp
sbs

Sbs
Ssm
Gst
Rgu
Rsb
Hal
Ksm
Bbbpu
Ggd
Rgu
Asm
nsb
Sls
Wsp
Pvg
Rgs
Vor
Bbu
Tsm

sab
Ptm
Jmb
Rmb
Gsb
Rpp
bbt
Mks
Syp
Abd
Bml
Pls
Jmb
तेह्रथुम । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीमा देशव्यापी जागरण पैदा भएको बताएका छन् ।
म्याङलुङस्थित तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा मंगलबार आयोजित पार्टीको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा उनले सम्पूर्ण शक्तिका साथ पार्टीलाई आफ्नो वर्ग र जनतातर्फ फर्काउने दिशामा अघि बढिएको बताए । जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि आफ्नो वर्गसँगको सम्बन्ध कमजोर भएको र वर्ग बैरीहरुसँगको उठबस बाक्लो भएको स्वीकारोक्ति प्रचण्डको थियो । हालै सम्पन्न केन्द्रीय समिति बैठकले सर्वसम्मतिबाट कार्यशैली सिफ्ट गर्ने निर्णय लिएको र त्यसैअनुसार सांगठनिक जिम्मेवारी तथा कार्यक्रम तय गरिएको उनले बताए ।
त्यस्तै‘शान्ति प्रक्रियापछि हामीलाई केही न केही धुलोमैलो लाग्यो । हामीले महान शहीदका परिवार, बेपत्ता योद्धाका परिवार, घाइते र अपांगहरुलाई निरन्तर भेटघाट गरेर सुखदुःख बुझ्नुपर्ने थियो । उनीहरुलाई मल्हमपट्टी लगाइरहनुपर्ने आवश्यकता बिर्सिएको जस्तो, बेवास्ता गरेको जस्तो भयो’, प्रचण्डले भने, ‘मजदुर, किसान, उत्पीडित, समुदाय, क्षेत्र, दलित, महिला, जनजाति, थारुका मुद्दा उठायौँ र जसरी स्थापित गर्यौँ । अहिले आएर ती समुदाय र वर्गले माओवादीले हाम्रो मुद्दा त उठायो तर, बिचैमा छाडिदियो भन्ने पर्न गयो । हामीलाई यहाँसम्म ल्याउन भूमिका खेल्ने वर्ग र समुदायका मुद्दा अलिकति ‘लुज’ भयो । वर्गबैरीहरुसँग बढी सहकार्य गरेको जस्तो देखियो । अब त्यो गल्ती सच्याएर अघि बढ्ने काम सुरु गरिएको छ ।’
यस्तै उनले एकपछि अर्को गरी पार्टी विभाजनको ऋंखला रोक्न नसकिएको स्वीकार गरे । अब माओवादी धारका सबै समूहलाई एकताबद्ध गर्ने अभियानमा आफूहरू लागिपरेको उनले बताए । उनले संविधान जारी गर्नुअघि थाती राखिएका जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीसहित विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र बनाउने राजनीतिक एजेण्डा फेरि अघि सारिने बताए । रातोपाटी
