
Lnp
cjs
Djs
Rgp
Srbpu
Ggp
Gfs
Pbu
Rgp1
pku
Pes
sbs
Sgr
Unsku

Rsb
Hal
Rgu
Ggd
Ksm
Ssm
Rgs
Sls
Vor
Rgu
Wsp
Pvg
Bbbpu
Tsm
Asm
Sbs
Gst
nsb
Bbu

Ptm
Mks
Bml
Jmb
sab
Jmb
bbt
Abd
Gsb
Rpp
Pls
Rmb
Syp
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा जाँदै छन् ।
प्रचण्ड आज र भोलि दुई दिन तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने छन् । प्रचण्डसँगै सैनिक हेलिकोप्टरमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि तेह्रथुम जाँदै छन् । प्रचण्डले आज लालीगुराँस नगरपालिका –७ लसुनेस्थित शहीद धनरुपा पार्कको उदघाटन गर्ने छन् । त्यहाँबाट उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो आठराई जाने छन् ।
त्यस्तै प्रचण्डले आठराई गाउँपालिका–३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ । प्रचण्डले आजै आठराई–२ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा पार्कको समेत अवलोकन गर्ने छन् । उनी आज राति आठराई–६ चुहानडाँडा बजारमा बास बस्नेछन् । मंगलबार बिहान आठराई–६ मा पार्टी कार्यकर्ता,स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने प्रचण्डको कार्यतालिका छ । त्यसपछि उनले कन्दङवाको शालीक अनावरण गर्ने छन् ।
यस्तै दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा पार्टीको तेह्रथुम जिल्लास्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्कने माओवादी केन्द्र तेहथुमका नेता रघु गौतमले जानकारी दिए । प्रचण्डले पञ्चायतको अन्तिम समयतिर तेह्रथुमको चुहानडाँडामा रहेको तत्कालीन शारदा माद्यमिक विद्यालयमा शिक्षकको नियुक्तिपत्र लिएका थिए । नियुक्तिपत्र लिएर सदरमुकाम म्याङलुङसम्म पुगेका उनी विद्यालय धेरै टाढा र विकट ठाउँमा रहेको थाहा पाएपछि फर्किएका थिए ।
