
Rksr-7
Gsbg-3
Gsbr-6
ksbl-7
Csbg-7
Msbg-2
Usbl-7
Pbu
Jsbg-7
Jsbr-3


दाङ । सामुदायिक वनहरुलाई वन संरक्षण र सम्वर्धनमा ध्यान दिन डिभिजन वन कार्यालय दाङ देउखुरीका सिनियर डिभिजनल प्रमुख महेन्द्र राज वाग्लेले उपभोक्ता समूहहरुलाई आग्रह गरेका छन् ।
हावाहुरीको समय आउँदै गरेकोले वन क्षेत्रहरुमा हुने आगलागी नियन्त्रण गर्न आजैदेखि सामुदायिक वन उपभोक्ता समूहहरु चनाखो भई अग्नीरेखा निर्माण लगायतका सतर्कताहरु अपनाउन उनले आग्रह गरेका हुन् ।
आफ्नो माताहतका सबै वन समूहहरुलाई समयमै बार्षिक साधारणसभा तथा लेखापरिक्षण गर्न र कार्ययोजनाहरु नविकरण नगरेका समूहहरुलाई कार्ययोजना नविकरण समेत गर्न सिनियर डिभिजनल प्रमुख वाग्लेले आग्रह गरे । वन समूहहरुले उपभोक्ताहरुलाई वन पैदावर सर्वसुलभ ढंगले प्राप्त गराउन सबै कानूनी प्रकृयाहरु समयमै पुरा गर्नुपर्ने उनले बताए । वन, वातावरण र जैविक विविधताको संरक्षणका लागि उपभोक्ता समूहरु सकृय रहनुपर्ने, वन क्षेत्रमा हुने चोरी शिकारी र चोरी तष्करीलाई नियन्त्रण गर्नुपर्ने, वन संरक्षण र ब्यवस्थापनमा ध्यान दिनुपर्ने प्रमुख वाग्लेले सरोकारवाला सबैमा आग्रह गरेका छन् ।
सव डिभिजन वन कार्यालय गढवाले सोमवार देउखुरीको गढवामा आयोजना गरेको वन संवर्धन प्रणालीमा आधारित वन ब्यवस्थापन सम्बन्धि सामुदायिक वन समूहका पदाधिकारीहरुका लागि आयोजना गरिएको तालिममा प्रशिक्षण दिदै डिभिजनल प्रमुख वाग्लेले सहभागिहरुलाई सचेत गराएका छन् ।
सो अवसरमा गढवा सव डिभिजन कार्यालयका प्रमुख मणिराम खनाल तथा डिभिजन वन कार्यालय दाङ,देउखुरीका सहायक वन अधिकृत हरि प्रसाद पौडेलले सहभागि वन समूहका पदाधिकारीहरुलाई प्रशिक्षण दिएका थिए । तालिममा गढवा क्षेत्रका बिभिन्न समुदायिक वन समूहहरुका ४० जना पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
