
ksbl-7
Csbg-7
Rksr-7
Usbl-7
Jsbg-7
Pbu
Gsbr-6
Msbg-2
Gsbg-3
jsbr-3
काठमाडौँ । सिरहामा सामाजिक सञ्जालको दुरुपयोग गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । त्यस्तै प्रहरीको साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले सिरहाको धनगढीमाई नगरपालिका-७ गोलबजार स्थायी घर भई सिनामंगल डेरा गरी बस्ने २७ वर्षीय राम बिहारी साफीलाई पक्राउ गरेको हो । साफीले प्रेम सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जालमार्फत केटी साथीलाई अन्तरङ्ग तस्बिर र भिडियो पोस्ट […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले कृषि र पशुपालनमा समुन्नत पालिका बनाउने भन्दै आवाधिक र दिर्घकालिन रणनितिक योजना बनाउन थालेको छ । गढवा गाउँपालिकाको आयोजना, हेफर परियोजना नेपालको प्राविधिक सहयोग र ग्रामिण महिला उत्थान केन्द्र दाङको साझेदारीमा कृषि र पशुमा आधारीत भिटा परियोजना मार्फत बुधवार एक कार्यशाला गोष्ठिको आयोजना गरि रणनितिक योजना निर्माण गर्न थालिएको गाउँपालिकाका […]
कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीको विभिन्न पोस्टबाट खटिएको प्रहरी टोलीले अवैध लागू औषध सहित चार जनालाई पक्राउ गरेको छ । बुधबार अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिगएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका ४ बसपार्क स्थित करन सिंह कुमालले सञ्चालन गरेको चन्द्रदीप बोग्टान होटलमा शंकास्पद रूपमा बसिरहेको अवस्थामा जिल्ला अछाम मंगलसेन नगरपालिका ५ बस्ने वर्ष १७ को […]
काठमाडौँ । ‘मिनी संसद’का नामले पनि परिचित सङ्घीय संसदअन्तर्गतका विभिन्न समितिका बैठक आज बस्दै छन् । संसद सचिवालयका अनुसार कानुन,न्याय तथा मानव अधिकार समिति,कृषि,सहकारी तथा प्राकृतिक स्रोत समिति,महिला तथा सामाजिक मामिला समिति,शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विकास र आर्थिक मामिला तथा सुशासन समितिका बैठक बिहान ११ः०० बजे हुँदै छन् । त्यसैगरी,राज्यका निर्देशक सिद्धान्त,नीति […]
दाङ । राप्ती गाउँपालिकाले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘सहकारी सञ्चालनका अवसर,चुनौती र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न गरेको छ । कार्यक्रम सहकारी सञ्जाल राप्तीका अध्यक्ष ताराप्रसाद भुसालको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे । “मर्यादित सहकारी : समुन्नत समाज” भन्ने नाराका साथ आयोजित कार्यक्रममा सहकारी […]
काठमाडौँ । काठमाडौँ को तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद तथा महामन्त्री धवलशमशेर राणा सहित ४१ जनामाथि ६ दिनकाे म्याद थप गरिएकाे छ। यहिँ चैत १५ गते राजसंस्था पक्षधरले गरेको प्रदर्शनमा हिंसात्मक गतिविधि गरेको भन्दै पक्राउ परेका ४१ जनामाथि दोस्रो पटक म्याद थप भएको हो । चैत […]
काठमाडौं । म्यान्मामा शुक्रबार ७.९ म्याग्निच्युडको भूकम्पपछि मृत्युको सङ्ख्या दुई हजार ८८६ पुगेको र चार हजार ६३९ जना घाइते भएका छन् । म्यान्मा रेड क्रस सोसाइटीका अध्यक्ष म्यो न्युन्टले भने, “प्राकृतिक प्रकोपको मूल्याङ्कन र आपतकालीन आपूर्ति वितरणमा रसद समन्वयको अभाव प्रमुख समस्या बनेको छ ।”उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा सुरक्षा चिन्ताहरूका कारण आपूर्ति वितरणमा ठूलो समस्या […]
काठमाडौँ । आजदेखि देशभरका शिक्षकहरुले काठमाडौँमा शैक्षिक सडक आन्दोलन गर्ने भएका छन् । माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् । आन्दोलनबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्न मागसहित आन्दोलन थालिएको […]
काठमाडौँ । काठमाडौँको तीनकुनेमा राजावादीले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको शरीरमा गोली नलागेको पुष्टि भएको छ । चिकित्सकले एक्सरे गरेर हेर्दा पत्रकार रजकलाई गाेली लागेकाे नपाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए । आगलागीमा परेर मृत्यु भएका पत्रकार रजकलाई गोली पनि लागेको हल्लापछि चिकित्सकले पोस्टमार्टम गर्नुअघि एक्सरे […]
काठमाडौँ । देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । त्यस्तै आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । […]