तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका बुधबार, चैत्र २०, २०८१

दाङ । राप्ती गाउँपालिकाले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘सहकारी सञ्चालनका अवसर,चुनौती र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।

कार्यक्रम सहकारी सञ्जाल राप्तीका अध्यक्ष ताराप्रसाद भुसालको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे ।

“मर्यादित सहकारी : समुन्नत समाज” भन्ने नाराका साथ आयोजित कार्यक्रममा सहकारी क्षेत्रका विभिन्न पक्षमा छलफल गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष विष्टले समाजवाद उन्मुख अर्थतन्त्रको विकास सहकारीबाट मात्रै सम्भव हुने धारणा व्यक्त गरे । उनले सहकारी संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै सहकारीकर्मीहरू मन, बचन र कर्मले प्रतिबद्ध भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । साथै, लोभ प्रवृत्तिले सहकारी संस्थाहरू धरासायी हुने खतरा रहेको भन्दै सहकारीको मर्यादा कायम राख्न सबै सचेत हुनुपर्नेमा जोड दिए । अध्यक्ष विष्टले स्थानीय सरकार सदैव सहकारी संस्थासँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

त्यस्तै साे अवसरमा सहकारी दर्ता अधिकारीकाे कार्यालय राप्ती उपत्यका देउखुरीका वरिष्ठ शाखा अधिकृत बाबुराम पन्थीले सहकारी संस्था सञ्चालनका सिद्धान्त मूल्य मान्यता र सहकारी संस्थाका वर्तमान समस्या,चुनाैती र समाधानका उपाय सम्बन्धि र राप्ती गाउँपालिकाका सहकारी शाखा प्रमुख दामोदर आचार्यले गाउँपालिकामा सहकारी संस्थाहरूकाे अवस्थाकाे बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्तै अन्तरक्रिया कार्यक्रममा जिल्ला सहकारी संघ दाङका सदस्य खुशल घिमिरे,सहकारीकर्मीहरू शिध्वज मल्ल,ऋषिराम खनाल,कृष्णराज पाैडेलगायतका सहभागीहरूले सहकारी क्षेत्रका अवसर, वर्तमान चुनौती र तिनको समाधानका उपायबारे आफ्ना विचार व्यक्त गरेका थिए ।

गाउँपालिकाको नियमन क्षेत्र भित्र रहेका ३७ सहकारी संस्था मध्ये २५ सहकारी संस्था सक्रिय रुपमा सञ्चालनमा रहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]