
Ppu
Ksb
Rks
Fmb
Ssb
Usb
Ksb
Tgp
Bsn
Ssb
Ksb
jsb
Rsb
Gsb
Nsb
Csb

Usb
Hl1
Ssb
Gsb
Tsb

ptl
Nps
Rgu
काठमाडौँ । काठमाडौँ को तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद तथा महामन्त्री धवलशमशेर राणा सहित ४१ जनामाथि ६ दिनकाे म्याद थप गरिएकाे छ।
यहिँ चैत १५ गते राजसंस्था पक्षधरले गरेको प्रदर्शनमा हिंसात्मक गतिविधि गरेको भन्दै पक्राउ परेका ४१ जनामाथि दोस्रो पटक म्याद थप भएको हो । चैत १७ गते उनीहरूमाथि पाँच दिनको म्याद थप भएको थियो। थप अनुसन्धान गर्नुपर्ने माग गर्दै काठमाडौँ प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि उपस्थित गराएको थियो।
त्यस्तै पक्राउ परेका ४१ जनामाथि आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान भइरहेको छ। तीनकुने घटनामा एक जना पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो ।
