
dsbus
Syees
Pbu
Rbs
Ratbs
syysr
Gsl
Csbus
Ssbus
Amb
Bksbus5
Nssbus7
Gsbus
gms
Ddhbs
Jsbus

Asm
Hal
Bbbpu
Ksm
Ssm
Ggd
Pvg
Rgs
Vor
Gst
Sls
Rsb
Wsp
nsb
Tsm
Rgu
Sbs
Rgu
Bbu

Pls
Jmb
Bml
Rpp
Abd
Rmb
Syp
Jmb
Ptm
bbt
Gsb
sab
Mks
काठमाडौं । म्यान्मामा शुक्रबार ७.९ म्याग्निच्युडको भूकम्पपछि मृत्युको सङ्ख्या दुई हजार ८८६ पुगेको र चार हजार ६३९ जना घाइते भएका छन् ।
म्यान्मा रेड क्रस सोसाइटीका अध्यक्ष म्यो न्युन्टले भने, “प्राकृतिक प्रकोपको मूल्याङ्कन र आपतकालीन आपूर्ति वितरणमा रसद समन्वयको अभाव प्रमुख समस्या बनेको छ ।”उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा सुरक्षा चिन्ताहरूका कारण आपूर्ति वितरणमा ठूलो समस्या भोगिरहेका छन्। यसका साथै, भारी यन्त्रको अभावले उद्धार कार्यलाई थप कठिन बनाएको म्यो न्युन्टले बताए ।
त्यस्तै यस भूकम्पले म्यान्माको पश्चिमी र दक्षिणी क्षेत्रलाई ठूलो प्रभाव परेको छ,जहाँ दर्जनौँ घर र इमारतहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । भूकम्पको गहिराई र दुरगामी प्रभावका कारण उद्धार कार्यमा समय लागिरहेको छ। सरकारले आपतकालीन राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपील गरेको छ ।
यस्तै राहत कार्यको लागि म्यान्माका प्रमुख शहर र ग्रामीण क्षेत्रहरूमा प्रभावित जनतासम्म खाना, पानी र स्वास्थ्य सहायता पुर्याउन प्रगति भइरहेको छ, तर हालको चिन्ता भनेको जीवितलाई उद्धार गर्न आवश्यक पर्ने थप स्रोत र उपकरणहरूको अभाव हो। रासस
