Sidha Patra बुधबार, चैत्र २०, २०८१

काठमाडौँ । काठमाडौँको तीनकुनेमा राजावादीले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको शरीरमा गोली नलागेको पुष्टि भएको छ ।

चिकित्सकले एक्सरे गरेर हेर्दा पत्रकार रजकलाई गाेली लागेकाे नपाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए । आगलागीमा परेर मृत्यु भएका पत्रकार रजकलाई गोली पनि लागेको हल्लापछि चिकित्सकले पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने अडान लिएका थिए । तर एक्सरे गर्दा उनको शरीरमा गोली लागेको नपाइएपछि पोस्टमार्टम गरेर आज शव परिवारलाई बुझाउन लागिएको प्रहरीले जानकारी दिएको छ।

रजकको शव त्रिवि शिक्षण अस्पतालमै छ । त्यसो त प्रहरीले यसअघि नै गोली लागेको हल्लाको खण्डन गरिसकेको थियो । प्रहरीले भन्यो : तीनकुनेमा मारिएका पत्रकारबारे अफवाह फैलाइयो, शव पोस्टमार्टम नै भएको छैन सोमबार विज्ञप्ति जारी गरी प्रहरीले उक्त हल्लालाई ‘अनर्गल प्रचार’ भनेको थियो ।

यस्तै ३३ वर्षीय रजकको शरीरको ७० प्रतिशत जलेको प्रहरीले प्रारम्भिक रुपमा बताएको छ । उनको कम्मरभन्दा माथिको भाग चिन्नै नसकिने अवस्थामा शव भेटिएको थियो । सुरेश एक्सक्लुसिभ भिडिओ खिच्न ढुंगा बज्रिरहेको भवनमा पसेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]