
Ggp
Ksbus
Ggp
Rgp
Sdc
Ksbus
Lnp
Asbus
Msbus


बाँके । गृहमन्त्री रमेश लेखेकको निर्देशनलाई ठाडो उलंघन गर्दै बाँकेमा कार्यरत सशस्त्र प्रहरीका असई सोमराज शर्माले खुलेआम स्याउ तस्करीसंग २ लाख ५० हजारको (स्याउ भित्र) महङ्गो फ्लेवर”पास गराउन दिनको ५/५ हजार मागेको अडियो सार्वजनिक भएको छ ।
बाँकेको नेपालगन्ज भान्सारमा खुलेआम तस्करसँग बार्गेनिङ हुँदै तस्करी हुने गरेको प्रमाण फेला सीमा सुरक्षाको लागि नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बललाई जिम्मेवारी सुम्पिएको छ । तर सोहीको फाइदा उठाउँदै हाल सिमानाका भान्सारमा केही दिन अगाडी मात्र सरुवा भई आएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सोमराज शर्माले खुलेआम सेटिङ्ग गर्दै तस्करी गराउने गरेको अडियो सार्बजनिक भएको छ ।
केही तस्करहरुले नाम नबताउने सर्तमा मासिक ५ देखि १० हजारसम्म दिने सर्तमा सेटिङ्ग गरिएको बताइएको छ । तस्करका अनुसार असई सोमराज शर्मा (सिविल ड्रेसमा) आई आफु सित सेटिङ गर्ने गरेको बताएका छन् । बर्दिया जिल्लाबाट केही दिन अगाडी मात्र सरुवा भई आएका सशस्त्र प्रहरी सहायक निरीक्षक शर्मामाथि सशस्त्र प्रहरी बल नेपाल न.५ बिन्ध्यावासिनी बहानी कपिलवस्तुका प्रमुख डिआइजी दीपेन्द्र कुँवरको कृपा दृष्टि रहेको हुँदा यसरी खुलेआम सानो–ठुलो तस्करहरुबाट बार्गेनिङ गरेर सेटिङ्ग गर्ने गरेको बताउँछन् ।
यसबारे जानकारीको लागि लुम्बिनी प्रदेश सशस्त्र प्रहरी बल नेपाल न. ५ बिन्ध्यावासिनी बहानी कपिलवस्तुका प्रमुख डिआइजी कुँवरलाई ५ पटकसम्म फोन सम्पर्क गर्दा फोन उठेन । यता सशस्त्र प्रहरी बल नेपाल ३० न. गण बागेश्वरी बाँकेका प्रमुख एसपी शोभाकान्त खनाल भन्छन् यो अडियो पुरानो हो नयाँ होइन,अडियो पुरानो होस या नयाँ तर पनि तस्करीसंग पैसाको बार्गेनिङ गर्नु भ्रष्टाचार हो कि नाई भन्ने प्रश्नमा एसपी खनालले बुझेर भन्छु भन्दै टारेका छन् ।
यसतर्फ सम्बन्धित पक्षको बेलामा ध्यान केन्द्रित नहुँदा आउने समयमा खुलेआम तस्करी हुने निश्चित रहेको भन्सारमा सुरक्षार्थ खटिएका सुरक्षा कर्मीहरुबाट नै भनाई आइरहेको छ । असई शर्मा सशस्त्र प्रहरी गण ३० नम्बर बागेश्वरी बाँकेबाट खटाइका छन् ।

