
Gsb
Usb
Bsn
Ssb
Ksb
Csb
Rks
Ksb
Nsb
Rsb
Ppu
Ksb
Ssb
Tgp

Ssb
Hl1
Tsb
Usb
Gsb

Nps
Rgu
ptl
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको देउखुरी पब्लिक अङ्ग्रेजी बोर्डिङ स्कुलमा २१२ औं भानु जयन्तीको पूर्व सन्ध्यामा नेपाली साहित्य विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
विद्यालयका अतिरिक्त क्रियाकलाप समितिका समयोजक कुबिर गिरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा देउखुरी क्षेत्रका साहित्यकार तथा पूर्व शिक्षक शेर बहादुर चौधरी एवम् स्कुलका प्रधानाध्यापक भू-माण्डप केसीद्वारा नेपाली साहित्यका बारेमा चर्चा गरिएको थियो।
कार्यक्रममा २७ जना विद्यार्थी लगायत अतिथिका रुपमा उपस्थित व्याक्तित्वहरुले आ-आफ्ना लेख रचनाहरु वाचन समेत गरेका थिए । स्कुलकी उपकप्तान निलम डागीको स्वागत मन्तव्यवाट प्रारम्भ भएको कार्यक्रमको सहजिकरण अतिरिक्त क्रियाकलाप समितिका सदस्य तुलसी खत्रीले गरेकि थिइन् ।
त्यस्तै देउखुरी पब्लिक स्कूलमा बिगत ७ बर्षदेखि शुक्रवारका दिन किताब बिनाको दिनका रुपमा विद्यार्थीलाइ उक्तदिन विभिन्न गतिबिधिमा सहभागी गराइने गरिएको बारे विद्यालयका प्रधानाध्यापक भू-माण्डप केसीले जानकारी दिए ।

