
ksb
Dbs
Rgp
Jns
Ggp
Rgp
lnp
Dus
Sgp
Pbu
Rgp
Asb
Lnp
Usb
Ggp
Rgp
Lks


दाङ । मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो भन्ने मुल भाव बोकेको लमही जेसीजले शनिबार रक्तदान र सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
लमही जेसीजका अध्यक्ष जेसी रामदिन चौधरीको अध्यक्षता तथा देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीको प्रमुख आतिथ्यत र रेडक्रस सोसाइटी लमहीका उपाध्यक्ष पुजा शर्माको विशिष्ट आतिथ्यतामा बृहत रुपमा रक्तदान कार्यक्रम सफलता पुर्वक सुसम्पन्न भएको हो ।
कार्यक्रममा १९ जनाले अमुल्य रक्तदान दिएका थिए । कार्यक्रममा धेरै पटक रक्तदान गर्ने ४ जना जेसीज बसन्त भण्डारी,साहना श्रेष्ठ,बसन्त प्रकाश चौधरी र विनोद बुढाथोकी साथै भर्खरै मलेसियामा सम्पन्न एसीसी पुरुष यु–१६ क्रिकेट प्रतियोगितामा नेपाल टिमबाट आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी शुभम खनाललाई सम्मान गरिएको छ।
कार्यक्रममा सबैको एउटै बोली रक्तदान जीवन दान दिनुहुने ज्ञातअज्ञात सम्पूर्णलाई जीवनको सबैभन्दा पुन्यको काम गरेको बताएका थिए । कार्यक्रममा लमही जेसीजका कोषाध्यक्ष जेसी जयप्रकाश पौडेलले जेसीज आस्थापाठ कार्यकारीणी र उपाध्यक्ष जेसी सन्तोष गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विशिष्ट अतिथी पुजा शर्मा, प्रमुख अतिथि कमल जंग सिंह ठकुरीले कार्यक्रम भव्य शुभकामना साथै आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै जानु भन्दै शुभकामना दिएका थिए भने कार्यक्रमको सहजीकरण लमही जेसीजका महासचिव जेसी बिदुर शर्माले गरेका थिए ।

