
Rgp
pku
cjs
Rgp1
Djs
Ggp
Ses
Gfs
Srbpu
Lnp
Pbu
Sgr
Unsku
Pes
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारसँग प्रदेशको संवैधानिक अधिकार कार्यान्वयनमा देखिएका अवरोध हटाउन ठोस नीतिगत सुधारको माग गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह ले आयोजना गरेको मुख्यमन्त्रीहरूसँगको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघ–प्रदेश सम्बन्धलाई प्रभावकारी बनाउन आवश्यक भएको बताएका छन्। संघीयताको मर्मअनुसार अधिकार बाँडफाँट स्पष्ट हुनुपर्ने उल्लेख गर्दै प्रदेश प्रहरी समायोजन, संघीय निजामती सेवा […]
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारका मन्त्रीहरूको संख्या घटाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग बिहीबार भएको छलफलमा उनले हालको संवैधानिक व्यवस्था अनुसार प्रदेशसभाको कुल सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्री बनाउन पाइने प्रावधानले प्रदेश सरकारहरू आलोचित बनेको उल्लेख गरे। मुख्यमन्त्री बानियाँका अनुसार बागमती प्रदेशले मन्त्रालय संख्या घटाएर ७ मा […]
धनगढी। बाजुराको बडिमालिका नगरपालिकाले सामुदायिक विद्यालयहरूको बिदा व्यवस्थापनमा नीतिगत स्पष्टता माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई औपचारिक पत्राचार गरेको छ। संघीय सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा लागू गरेपछि विद्यालयले वार्षिक न्यूनतम २२० शैक्षिक दिन पूरा गर्न कठिन भएको भन्दै नगरपालिकाले हप्तामा एक दिन मात्रै बिदा कायम गर्न सुझाव दिएको हो। […]
दाङ । दाङको तुलसीपुरबाट सरकारी छाप र दस्तखत किर्ते गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । यहीँ बैशाख १ गते दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ माछापुच्छ्रे टोलस्थित थारमारे भण्डारी होटलमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो […]
काठमाडौं । नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीका कारण देशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली […]
काठमाडौं — नेपाल आयल निगमले डिजेल, मट्टितेल तथा हवाई इन्धनको मूल्यमा उल्लेखनीय वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले मध्यरात अर्थात् वैशाख ३ गतेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ। […]
रूपन्देही– सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार सामान भित्रिने क्रम बढेपछि भैरहवा भन्सार कार्यालयले रु १०० भन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार महसुल लिने व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ। मुख्य नाका बेलहिया, सीमावर्ती बजार फरेनियालगायत अन्य साना नाकाहरूमा कडाइ गरिएको छ। भारतीय बजारबाट रु १०० भन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने भन्दै […]
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन सचिव अधिकारीसँगै वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, लेखा […]
काठमाडौं — जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। उच्च अदालत पाटनको २०८१ असार ३० गतेको फैसलाले १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सुनाइएका सुर्खेत वीरेन्द्रनगर–१२ का ४२ वर्षीय ईन्द्रबहादुर नेपालीलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो। लामो समयदेखि लुकिछिपी काठमाडौंको नागार्जुन नगरपालिका–२, […]
काठमाडौँ — राष्ट्रिय पञ्जीकरणसम्बन्धी सेवा नागरिक एपमा एकीकृत गर्ने प्रक्रिया अघि बढाइएको छ। जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका विवरणहरू एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रारम्भिक काम सुरु भइसकेको सूचना प्रविधि विभागले जनाएको छ। विभागका महानिर्देशक श्रीचन्द्र साहका अनुसार तथ्याङ्क एकीकरणपछि पञ्जीकरणसम्बन्धी प्रमाणपत्रहरू नागरिक एपमार्फतै उपलब्ध हुनेछन्। हाल प्रारम्भिक चरणमा रहेको यो प्रक्रिया केही समयभित्र कार्यान्वयनमा […]