
Pbu
mbd
Mbdvs
Gisld
Sds
Rbs

Rgs
nsb
Rgu
Ksm
Sls
Rsb
Rgu
Pvg
Sbs
Asm
Vor
Hal
Bbu
Ggd
Gst
Bbbpu
Ssm
Wsp
Tsm

Rmb
Rpp
Mks
Abd
Gsb
Pls
Syp
Jmb
bbt
Ptm
Bml
sab
Jmb
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन सचिव अधिकारीसँगै वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, लेखा अधिकृत लक्ष्मण पौडेल र सह–लेखापाल अजय मिश्रलगायतलाई प्रतिवादी बनाइएको छ।
उनीहरूविरुद्ध शीतभण्डार निर्माण योजनामा प्रचलित कानुनविपरीत कार्य गर्दै सम्झौताअनुसार काम नगरी अधुरो आयोजना छाडेर भुक्तानी लिएको आरोप छ। रुपन्देहीको सम्मरीमाइ गाउँपालिका–५ सिद्धनाथमा निर्माणाधीन शीतभण्डारको गलत कार्यसम्पादन प्रतिवेदन तयार गरी रकम भुक्तानी गरिएको भन्दै उजुरी परेको थियो।
