
Pbu
Sgr
Srbpu
Ggp
Rgp
Lnp
Unsku
pku

Ssm
nsb
Ksm
Sls
Sbs
Rgu
Hal
Vor
Gst
Rgu
Ggd
Bbbpu
Tsm
Rgs
Rsb
Asm
Bbu
Pvg
Wsp

Rpp
Pls
Mks
Ptm
Bml
Gsb
Syp
काठमाडौं — नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीका कारण देशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहने भए पनि तराई क्षेत्रमा मौसम सफा रहने अनुमान गरिएको छ।
त्यस्तै, कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका पहाडी भूभागसहित अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमसहित अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम प्रायः सफा नै रहने महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने उल्लेख गरेको छ।
