
Ses
Rgp
Pes
Gfs
pku
Lnp
Djs
Pbu
Rgp1
cjs
Unsku
Ggp
Srbpu
Sgr
काठमाडौं — संघीय संसद् सचिवालय मा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन पुगेको छ। संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी का अनुसार उक्त प्रतिवेदन अब सचिवालयको पुस्तकालयमा राखिनेछ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन का घटनाक्रम र त्यस क्रममा सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न सरकारले ५ असोज २०८२ मा […]
काठमाडौँ । सभामुख डीपी अर्याल सवार रहेको कार्केडलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । थापाथलीमा लेन क्रस गरेपछि अर्याल सवार गाडी र अगुवा पछुवालाई ‘लेन क्रस गरेको कसुर’ मा चिट काटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक जना अधिकृतले बताए । बुधवार आज बिहान थापाथली पुलबाट माइतीघर तर्फ जाँदा सभामुखको कार्केडले लेन क्रस गरेको थियो । […]
कञ्चनपुर — जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जिल्ला अदालतको वि.सं. २०६४ जेठ २० गतेको फैसलाअनुसार तीन वर्ष कैद सजाय तोकिएका पुनर्वास नगरपालिका–२ अमरैया निवासी ५४ वर्षीय बुरु (बिरा) राना फरार रहेका थिए। रानालाई जिल्ला प्रहरी कार्यालय […]
काठमाडौं — सरकारले शासकीय सुधारलाई केन्द्रमा राख्दै १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ को मस्यौदा सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उक्त मस्यौदामाथि राजनीतिक दल र सरोकारवालाहरूबाट सुझाव तथा प्रतिक्रिया माग गरेको हो। सरकारले अघि सारेको सय बुँदे कार्ययोजनाअन्तर्गत राजनीतिक दलहरूको घोषणापत्रमा उल्लेख भएका विषयहरू समेटेर राष्ट्रिय प्रतिबद्धतापत्र लागू गर्ने योजना रहेको उल्लेख छ। मस्यौदामा आर्थिक […]
काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र अनुशासन र विधानअनुसारको कार्यान्वयनमा कडाइ गरिने बताएका छन्। उनले पार्टीको जिम्मेवारीमा रहेकाले लचिलो र विनम्र भएर सबैलाई समेट्ने प्रयासलाई कमजोरीको रूपमा नलिन आग्रह गरेका छन्। मंगलबार काठमाडौँमा आयोजित पार्टीको जरा अभियान र क्रियाशील सदस्यता अद्यावधिक कार्यक्रमको सुरुवात गर्दै सभापति थापाले पार्टी विधान विपरीतका कुनै पनि गतिविधि स्वीकार्य […]
काठमाडौं — सरकारले सार्वजनिक शिक्षामा व्यापक परिवर्तन ल्याउने लक्ष्यसहित ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा सार्वजनिक गरेको छ। विभिन्न राजनीतिक दलका घोषणापत्र तथा प्रतिबद्धतापत्रका आधारमा तयार गरिएको उक्त मस्यौदाले आगामी दुई दशकका लागि शिक्षा क्षेत्र सुधारको दीर्घकालीन रणनीति अघि सारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मस्यौदामाथि वैशाख १० गतेभित्र राय/सुझाव माग गरेको छ। प्रस्तावित नीतिअनुसार विद्यालयदेखि उच्च शिक्षासम्म […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले गृहमन्त्री सुधन गुरुङ को कार्यशैलीप्रति असन्तुष्टि जनाउन थालेका छन् । जिल्ला अनुगमनका क्रममा सम्बन्धित क्षेत्रका जनप्रतिनिधिलाई जानकारी नगरिएको भन्दै पार्टीभित्रै प्रश्न उठेको हो । काभ्रे–१ का सांसद मधु चौलागाईं ले प्रधानमन्त्री बालेन्द्र शाह सँगको छलफल तथा संसदीय दलको बैठकमा गृहमन्त्रीको शैलीको आलोचना गरेका छन् । त्यस्तै धादिङ–१ […]
काठमाडौं — संघीय संसदका सांसदहरूले पुनः स्वकीय सचिवको सुविधा पाउने भएका छन्। यसका लागि संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। सोमबार बसेको समितिको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो। सभामुख डोल […]
काठमाडौँ:पूर्वप्रधानन्यायाधीश सुशीला कार्की ले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएकी छन्। नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति र प्रगतिको कामना व्यक्त गरेकी गरेकी छन्। आफ्नो सन्देशमा उनले विगतका अनुभवहरूबाट पाठ सिक्दै […]
दाङ । गुरुकुल एकेडेमी लमहीले नयाँ वर्ष २०८३ को पावन अवसरमा शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रम भव्य रुपमा सोमबार सम्पन्न गरेको छ । कार्यक्रमले नयाँ शैक्षिक योजनाहरु सार्वजनिक गर्दै विद्यालयको भावी रणनीति र शैक्षिक सुधारका दिशाहरु उजागर गरेको छ । कार्यक्रमको अध्यक्षता विद्यालयका कार्यकारी अध्यक्ष कमलजंग सिंह ठकुरीले गरेका थिए भने सञ्चालन शैक्षिक निर्देशक […]