
ksb
Rgp
Dus
Sgp
Pbu
lnp
Jns
Rgp
Asb
Rgp
Dbs
Rgp
Lks
Ggp
Lnp
Ggp
Usb


काठमाडौं । फोहरमैलाको कर्मचारी भन्दै १३ लाख रुपैयाँ भन्दा बढी उठाएको आरोपमा एक जना नक्कली कर्मचारी पक्राउ परेका छन् ।
त्यस्तै पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका–२ का २८ वर्षीय राजु लामा छन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले आफू काठमाडौं महानगरपालिकाको फोहरमैलाको कर्मचारी भएको बताउँदै १३ लाख २५ हजार रुपैयाँ उठाएको पाइएको प्रहरीले बताएको छ ।
यस्तै उनी नक्कली कर्मचारी रहेको खुलेको छ । उनीबाट विभिन्न रसिदहरु समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।
