Sidha Patra बुधबार, साउन १४, २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर–१२,स्थित नरदेवीमा बङ्गलादेशका नागरिकको हत्या भएको छ ।

बुधवार बिहान ३ बजेतिर ५५ वर्षीय सुब्रत पालको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । मृतक नरदेवीमा सुनका गहना बनाउन काम गर्थे । हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–२ घर भएका ४२ वर्षीय श्याम कालिकोटे छन् ।

त्यस्तै उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ परिसरको संयुक्त टोलीले आरोपीलाई गोङ्गबुबाट पक्राउ गरेको हो । आरोपीले फलामले टाउकोमा प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

यस्तै नरदेवीमा फ्ल्याट लिएर बस्दै आएका बङ्गलादेशी नागरिकका सहयोगीले उनी मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ । रातोपटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]