
Sgp
Rgp
Dus
Dbs
Rgp
Rgp
lnp
Ggp
Lks
Ggp
Pbu
ksb
Lnp
Asb
Usb
Jns
Rgp


जनकपुरधाम । सर्लाहीमा दुई तल्ले घर भत्किँदा च्यापिएर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका कामद टोलका गौतम माझीका छोरा ६ वर्षीय अरुण माझी छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज अपराहन्न साढे ४ बजेतिर बालक आँगनमा खेलिरहेका बेला पुरानो दुई तल्ले पक्कीघर भत्किएको हो ।
त्यस्तै बालकको च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
