
Dus
Pbu
Rgp
Asb
Sgp
Rgp
Ggp
Jns
Ggp
Rgp
lnp
ksb
Usb
Dbs
Lnp
Lks
Rgp


काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा एक पूर्वसैनिकले सँगै सुतिरहेकी आफ्नी श्रीमतीको हत्या गरेका छन् ।
वीरेन्द्रनगर(१३,करेखोलाका बासिन्दा ४२ वर्षीय दानसिंह ठाडामगरले आइतबार बिहान करिब २ बजेतिर खाटमा सुतिरहेकी ४१ वर्षीया श्रीमती रविना थापाको टाउकोमा काठले प्रहार गरी हत्या गरेका हुन् । हत्यापछि दानसिंहले आफैँ प्रहरी र विदेशमा रहेका छोराछोरीलाई फोन गरी हत्या स्वीकार गरेका छन् ।
त्यस्तै घटनालगत्तै उनले शान्त भावमा वडाध्यक्ष दीपेन्द्रराज कोइरालालाई फोन गरेर प्रहरीको नम्बर मागेका थिए । त्यसपछि प्रहरी कन्ट्रोल र विदेशमा रहेका आफ्ना छोराछोरीलाई समेत फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी मोहनजंग थापाले जानकारी दिए ।
प्रहरीले प्रारम्भिक सोधपुछ गर्दा दानसिंहले ‘मलाई केही थाहा भएन, सैतान ठानेर हानेको हुँ’ भन्दै अनौठो बयान दिए । घटना हुनुभन्दा अघिल्लो दिन शनिबार परिवारमा कुनै विवाद वा असामान्य गतिविधि देखिएको थिएन ।
स्थानीयका अनुसार दिउँसो दानसिंहका बुवाआमा घरमा आएर हाँसोखुसीका साथ खाना खाएर फर्किएका थिए । बेलुका खाना खाइसकेपछि श्रीमान-श्रीमती ओछ्यानमा पल्टिएर मोबाइल हेरिरहेका थिए । श्रीमती रविना मोबाइल हेर्दाहेर्दै निदाएपछि दानसिंहले खाटको खुट्टा बनाउन राखिएको काठको मुङ्ग्रोले टाउकोमा प्रहार गरेको पाइएको प्रहरीले बताएको छ ।
यस्तै नेपाली सेनाबाट अवकाश प्राप्त दानसिंहका एक छोरा दुबई र एक छोरी जापानमा छन् भने अर्की एक छोरी सुर्खेतमै बस्छिन् । आफन्तहरूका अनुसार, विगतमा मदिरा सेवन गर्ने गरे पनि उनले पछिल्लो एक हप्तादेखि रक्सी पिउन छाडेका थिए । प्रहरी टोली घटनास्थल छ ।
त्यस्तै प्रहरीले शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि प्रदेश अस्पताल पठाएको छ । हत्या आरोपी दानसिंह ठाडा मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
