पाण्डवेश्वर महादेव धाम धारापानीमा करोड दीप प्रज्वलन गरिने

दाङ । प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम, धारा पानीमा शुक्रबार भोलि करोड दीप प्रज्वलन हुने भएको छ । साउन १ गतेदेखि सुरु भएको शिवपुराण एवं श्रींगारिक महाआरतीको औपचारिक समापन हुनु अघि, भक्तजन र मन्दिर व्यवस्थापन समितिको तर्फबाट करोड दीप प्रज्वलन थालिएको हो । दिउँसो ४ बजेदेखि विधिपूर्वक सामूहिक लक्ष्यवर्तिका माध्यमबाट बेलुकी साढे ६ बजे […]

देउखुरी उद्योग बाणिज्य संघद्वारा विभिन्न उद्योग तथा व्यवसायीसंग छलफल र अन्तरक्रिया गर्ने

दाङ । देउखुरी उद्योग बाणिज्य संघले विभिन्न उद्योग तथा व्यवसायी कर्मीसंग शुक्रबार छलफल एवम् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । संघले सधै चाडबाड नजिकिँदै गर्दा उद्योग तथा ब्यबसायहरुमा अनुगमन गर्ने र अनुगमनका क्रममा गुणस्तरहिन सामानहरु फेला परेको खण्डमा जफत गरि विभिन्न किसिमका कारबाही गर्ने कार्यहरु गर्दै आएको उदाहरण थुप्रै भेटिन्छन् । तर अबभने ब्यबसायीलाई यस […]

मनसुन पश्चिम नेपालतर्फ बढी सक्रिय,विभिन्न नदीमा आकस्मिक बाढीको उच्च जोखिम

काठमाडौँ । केही समय यता मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकोले मनसुन नेपालको पूर्वी भू-भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ । देशभर साधारणतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी र तराई लगायत बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ। त्यस्तै आज बिहानको […]

युवा चेम्बर अफ कमर्सको अनुकरणीय कार्य:गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा र खुल्ला रक्तदान  

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा रहेको राप्ती चेम्बर अफ कमर्स मातहत युवा चेम्बर अफ कमर्सले बुधबार राप्ती गाउँपालिका वडा नम्बर ५,सिसहनियाँ खुल्ला रक्तदान सँगै नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरेको छ । २६ औं अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर युवा चेम्बरले शिविर सञ्चालन गरेको हो । पैसा अभावका कारण उपचार गराउन नसक्ने अवस्था भएका गरिव […]

लमहीमा अफ्रिकी स्वाइन फिभरका कारण हजारौं बंगुर मरेपछि किसान चिन्तित

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६, कुलमोहरका गोपाल छन्त्याल करिब १२ वर्षदेखि बंगुर व्यवसायमा सक्रिय छन् । तर केही दिनअघि देखिएको अफ्रिकी स्वाइन फिभरका कारण उनको खोरमा रहेका करिब १ सय ७२ वटा बंगुर मरेपछि उनी निराश बनेका छन् । श्रीमान – श्रीमती दुवैको जीविकोपार्जनको मुख्य आधार बनेको बंगुर पालन एक्कासी ध्वस्त भएपछि […]

गुण्डागर्दी गरेको आरोपमा पक्राउ परेका गुन्डा नाइके चक्रे मिलनलाई ३० हजार धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)लाई अदालतले ३० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालले चक्रेलाई ३० हजार धरौटीमा छाड्न आदेश गरेका हुन् । गुन्डागर्दी गरेको आरोपमा साउन १५ मा साम्बाला होटलबाट चक्रे समूहका १९ जना पक्राउ परेका थिए । उनीहरुविरुद्ध सरकारी वकिलले अभद्र व्यवहारको मुद्दा […]

सडक दुर्घटना न्यूनिकरण सबैको साझा सरोकार हो:मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सवारी दुर्घटना न्यूनिकरणको विषय अब साझा चिन्ताको एजेन्डा बन्नुपर्ने बताएका छन् । राष्ट्रिय सडक सुरक्षा परिषद्ले प्रदेश तथा स्थानीय तहमा सडक सुरक्षामा सरोकार राख्ने निकायहरुको भूमिका बढाउने र आगामी योजनामा प्राथमिकता दिने उद्देश्यले दाङकाे लमहीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दुर्घटनासँग जोडिएका कारणहरू पहिचान गरेर समाधानका उपाय […]

जापानी इन्सेफ्लाइटिसको उच्च जोखिम बाल बालिका गम्भीर,३० प्रतिशतसम्मको मृत्यु

काठमाडौँ । पछिल्लो समय मनसुनसँगै लामखुट्टेको टोकाइबाट सर्ने विभिन्न रोगहरुको जोखिम बढेको छ । यस्तोमा अहिले जापानी इन्सेफलाइटिस (जेई) संक्रमणको उच्च जोखिममा बालबालिका परेका छन् । बालबालिकासँगै कृषि पेसामा आबद्ध मानिस, धानखेत,सुँगुर तथा हाँस पालन क्षेत्र नजिक बसोबास गर्नेहरु पनि यस रोगको जोखिम परिरहेका चिकित्सकहरु सुनाउँछन् । एक वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिका यो […]

खाल्डोमा डुबेर एकै परिवारका दुई जना बालकको मृत्यु

पर्सा । खाल्डोमा डुबेर एकै परिवारका दुई बालकको ज्यान गएको छ । ठोरी गाउँपालिकाको वडा नम्बर– २,हनुमान नगरस्थित डेढु खोलास्थित खाल्डोमा डुबेर मनोज कठायतका छोराद्वव ८ वर्षीय अंश र ४ वर्षीय आयंशको मङ्गलवार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डीएसपी) किशोर लम्सालका अनुसार आज बिहान विद्यालय जानुअघि दुवै दाजुभाइ घर नजिकै रहेको […]

आमा समुहहरुलाई १ दिने आधारभूत आँखा स्वास्थ्य तालिम तथा अन्धोपन सम्बन्धि अन्तरक्रिया

कपिलवस्तु । विजयनगरमा आमा समुहहरुलाई एक दिने आधारभूत आँखा स्वास्थ्य तालिम तथा अन्धोपन न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको आयोजना र NABP Norway को आर्थिक सहयोगमा विजयनगर गाउँपालिकाको समन्वयमा वडा नम्बर ६ मा आमा समुहहरुलाई एक दिने आधारभूत […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]