
Ssb
Rks
Ksb
Nsb
Bsn
Ppu
Rsb
Ksb
Ksb
Ssb
Csb
Usb
Tgp
Gsb

Usb
Tsb
Hl1
Gsb
Ssb

Nps
ptl
Rgu
कपिलवस्तु । विजयनगरमा आमा समुहहरुलाई एक दिने आधारभूत आँखा स्वास्थ्य तालिम तथा अन्धोपन न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको आयोजना र NABP Norway को आर्थिक सहयोगमा विजयनगर गाउँपालिकाको समन्वयमा वडा नम्बर ६ मा आमा समुहहरुलाई एक दिने आधारभूत आँखा स्वास्थ्य तालिम तथा अन्धोपन न्यूनिकरणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हो ।
दृष्टि विशेषज्ञ शुसिल कार्कीको अध्यक्षता तथा विजयनगर गाउँपालिकाका स्वास्थ्य संयोजक यज्ञ प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अस्पतालका दृष्टि विशेषज्ञ शुसिल कार्की र बाह्य कार्यक्रम संयोजक हरि बहादुर भण्डारीले प्रशिक्षण दिएका थिए । तालिममा १९ जना महिला समूहको सहभागिता रहेको थियो ।
