Sidha Patra मंगलबार, साउन २७, २०८२

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सवारी दुर्घटना न्यूनिकरणको विषय अब साझा चिन्ताको एजेन्डा बन्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सडक सुरक्षा परिषद्ले प्रदेश तथा स्थानीय तहमा सडक सुरक्षामा सरोकार राख्ने निकायहरुको भूमिका बढाउने र आगामी योजनामा प्राथमिकता दिने उद्देश्यले दाङकाे लमहीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दुर्घटनासँग जोडिएका कारणहरू पहिचान गरेर समाधानका उपाय तत्काल लागू गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री आचार्यले सडक निर्माणका मापदण्ड पूर्ण रुपमा कार्यान्वयन,रुट परमिट दिनु अघि सवारीसाधनको प्राविधिक अवस्था जाँच, ट्राफिक नियमको कडाइका साथ पालना, र मानवीय लापरबाही नियन्त्रण सडक सुरक्षा सुधारका आधारभूत कामहरु अनिवार्य रुपमा गर्नुपर्ने बताए ।`तराई, पहाड र हिमालको भूगोल अनुसार सडक मापदण्ड छुट्टा छुट्टै छन्, तिनलाई अनिवार्य पालन गर्नुपर्छ,´उनले भने ।

त्यस्तै उनले लागू औषध र मदिरा सेवन गरेर सवारी चलाउने, चाडपर्वमा सडक छेक्ने, डोरी टाँगेर यातायात अवरुद्ध गर्ने जस्ता व्यवहार दुर्घटनाका कारण भएको भन्दै यसलाई रोक्न जनचेतना अभियान आवश्यक भएको उल्लेख गरेका छन् । ट्राफिक जाँचको नाममा अनावश्यक दुःख दिने प्रवृत्तिमा पनि सुधार आवश्यक रहेको उनको भनाइ थियो ।

भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले दुर्घटनाका कारण पहिचान गरी समाधानका योजना बनाइनु जरुरी रहेको बताए । प्रदेशले सडक गुरुयोजना निर्माण गरेकाे र त्यसले सुरक्षित सडक कायम गर्न भूमिका खेल्ने बताएका हुन् ।

प्रमुख सचिव बावुराम अधिकारीले सडकको अवस्था सुधारदेखि चालकलाई जिम्मेवार बनाउन र जनचेतना अभिवृद्धिलाई अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा राखे । भाैतिक पुर्वधार विकास मन्त्रालयका सचिव भिमार्जुन पाण्डेले सुरक्षित सडक निर्माणका लागि प्रदेश सरकार जिम्मेवार भएर अघि बढिरहेको जानकारी दिए ।

उद्घाटन कार्यक्रम सिनियर डिभिजनल इञ्जिनियर शंकर सिंह धामीको स्वागत मन्तव्यबाट भएको हो । सहजीकरण सुभ खनालले गरेका थिए भने राष्ट्रिय सडक सुरक्षा परिषद्को टेक्निकल एडभाइजर सराेजकुमार प्रधानले प्राविधिक प्रस्तुति दिएका थिए ।

लुम्बिनी प्रदेशको अवस्था

गत तीन वर्षमा लुम्बिनी प्रदेशमा मात्र १ हजार ९ सय ४ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०८१/८२ मा ५ सय ६ जनाको मृत्यु, ३ हजार ४ सय ७९ दुर्घटना र ५ हजार ६ सय ९१ घाइते दर्ता भएका छन् । अघिल्लो वर्ष २०८०/८१ मा मृत्यु संख्या अझै बढी ५ सय ३७ थियो ।

विशेषज्ञका अनुसार लुम्बिनीमा दुर्घटनाको सबैभन्दा ठूलो हिस्सा मोटरसाइकल दुर्घटनाले ओगटेको छ । तीव्र गति, चालकको लापरबाही र कमजोर सडक अवस्था यसका प्रमुख कारणका रूपमा देखिएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]