Sidha Patra बुधबार, साउन २८, २०८२

काठमाडौँ । गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)लाई अदालतले ३० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालले चक्रेलाई ३० हजार धरौटीमा छाड्न आदेश गरेका हुन् । गुन्डागर्दी गरेको आरोपमा साउन १५ मा साम्बाला होटलबाट चक्रे समूहका १९ जना पक्राउ परेका थिए । उनीहरुविरुद्ध सरकारी वकिलले अभद्र व्यवहारको मुद्दा दायर गरेको थियो । थुनछेक बहसपछि अदालतले सबैलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

त्यस्तै अदालतले गणेशबहादुर बोगटीलाई २० हजार, नीराजन पौडेललाई १० हजार, रोशन सुवेदीलाई १० हजार, राजेश खड्का ‘रोजेश’ लाई ३० हजार र सन्दीप केसीलाई १० हजारमा रिहा गर्न आदेश गरेको छ ।

यस्तै राहुल खड्कासँग १० हजार, यामु पौडेलसँग १० हजार, सौरभ सुनारलाई १० हजार, डिल्लीराज कँडेललाई २० हजार र ऋतिक लामासँग २० हजार धरौटी मागिएकाे छ । अन्य कसुरदारहरु चन्द्रदेव कार्की, जितबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाहीलाई जनही १० हजार धरौटी माग गरिएको छ ।

त्यस्तै सरकारी वकिलले अभद्र व्यवहार सम्बन्धी कसुरमा १ वर्ष कैद र १० हजार जरिवाना सजाय गर्न मागदावी लिएको थियो ।रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]