गृहमन्त्रीमाथि निष्पक्ष छानबिनको माग, ढाकछोप भए जनविश्वासमा आघात : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस ले गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको स्वतन्त्र र निष्पक्ष छानबिन तुरुन्त सुरु गर्न सरकारसँग माग गरेको छ। प्रेस विज्ञप्तिमा पार्टीका प्रवक्ता देवराज चालिसे ले गृहमन्त्रीसँग सम्बन्धित सबै आरोपहरूको उच्चस्तरीय छानबिन प्रक्रिया ढिलाइ नगरी अगाडि बढाउन आग्रह गरेका छन्। कांग्रेसले यस्ता संवेदनशील विषयमा कुनै पनि प्रकारको ढाकछोप वा प्रभाव पार्ने […]

कर्णाली नदीमा डुबेर बेपत्ता भएका बावुछोराको शव फेला

कर्णाली । कर्णाली नदीमा डुङ्गा पल्टिँदा बेपत्ता भएका बावुछोराको शव फेला परेको छ। प्रहरीका अनुसार तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरी बुढाको शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार उनीहरूको शव तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानको बल्दे नजिकै फेला परेको हो। बुवाको शव […]

काठमाडौ‌ँमा अमेरिकी उच्च कूटनीतिज्ञको आगमन, बालेन सरकारसँग सम्बन्ध विस्तारमा केन्द्रित

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगे। स्रोतका अनुसार उनी आज बिहान करिब सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गरेका हुन्। भारतीय मूलका कपुर बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित नेपाल भ्रमणमा आएका हुन्। काठमाडौं बसाइका क्रममा उनले उच्चस्तरीय […]

गृहमन्त्री सुधन गुरुङ र व्यापारी दीपक भट्टबीच साझेदारी खुल्यो, रास्वपामा हलचल

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र व्यापारी दीपक भट्ट बीच व्यापारिक साझेदारी रहेको तथ्य सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तरंग आएको छ। भट्टसँग सम्बन्धित स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गुरुङको २५ लाख रुपैयाँ बराबरको सेयर रहेको खुलेपछि दुवैबीचको सम्बन्ध बाहिर आएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टसँग गृहमन्त्रीकै कनेक्सन देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

बुटवलमा जीतगढी विजय उत्सव सुरु

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा जीतगढी विजय उत्सवको शुभारम्भ गरेका छन् । बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको यो उत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ सुरु भएको हो । उत्सवमार्फत ऐतिहासिक जीतगढी किल्लाको संरक्षण,प्रवर्द्धन र वीरताको इतिहासलाई जनस्तरसम्म पुर्‍याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । वि.सं. १८७२ वैशाख ७ गते […]

उनेपाका अध्यक्ष घिसिङद्वारा पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग

सुर्खेत । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन नेपाल सरकारसँग माग गरेका छन् । कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमका क्रममा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले कर्णालीलाई इन्धनमा भएको मूल्य वृद्धिमा विशेष सहुलियत दिनुपर्ने बताए । “कर्णालीमा विकट भूगोल […]

वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाको १७ औं साधारणसभा सम्पन्न

दाङ । वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाको १७ औं साधारणसभा आईतबार गढवामा सम्पन्न भएको छ । समितिका अध्यक्ष पुष्पा यादवको अध्यक्षता तथा गढवा गाउँपालिकाका कार्यवाहक अध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य तथा गढवा ६ का वडाध्यक्ष वीरबहादुर आले मगर र सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरि भुसालको विशिष्ट अतिथ्यमा सम्पन्न भएको हो […]

कपिलवस्तुको कृष्णनगर भन्सार नाकामा चेकजाचमा कड़ाई

कपीलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन्सार नाकामा अन्य देशबाट ल्याइने सय रुपैया भन्दा माथीको सामानमा अनिवार्य भन्सार गराउनु पर्ने प्रावधान कडाइका साथ लागु गर्न निर्देशन दिएसंगै कडाइ गर्न थालिएको छ । कृष्णानगरको यात्रुगेट,ट्रांसमीटर लगायत स्थानबाट सामान लिएर आउने व्यक्तिलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले मुख्य भन्सार नाका […]

बर्दियामा एम्बुलेन्स दुर्घटना: एकै परिवारका दुईको मृत्यु, दुई घाइते

बर्दिया । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतिर जाँदै गरेको लुम्बिनी प्रदेश बी एए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान करिब सवा पाँच बजेतिर गुलरिया नगरपालिका–७स्थित वन डिभिजन कार्यालय नजिक चार जना पैदलयात्रीलाई ठक्कर दिएको हो। दुर्घटनामामृत्यु हुने गुलरिया नगरपालिका–५का ५५ वर्षीय […]

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै,बैठकका लागि तीन वटा कार्यसूची तय

दाङ । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत १२औं आज आइतबार दिउँसो १ बजे बस्दै छ । बैठकका लागि तीन वटा कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकको सुरुवातमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ । त्यस्तै, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]