राजपुरको खाङ्ग्रा नाकामा विद्युत र पानी पुर्‍याउने तयारी

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६,को वडा कार्यालय खाङ्ग्रा नाकाको बाहिर दुई ठाउँमा ठूलो मात्रामा पाइप भण्डारण गरिएको छ । जिआईपाइप आउन बाँकी रहेको वडाध्यक्ष श्याम रोकाले जानकारी दिए । ‘हाम्रो अफिस भन्दा धेरै यहाँ हुन थाल्यो’–खानेपानीको अवस्था अवलोकन गर्न पुग्नुभएका खानेपानी तथा सरसफाइ कार्यालयका इन्जिनियर इन्द्र बहकरीले भने– ‘हेर्नुस त, यत्रो पाइप,काममा […]

प्रधानमन्त्री कार्कीललाइ विप्लवले भेटे र भने–विद्रोहबाट बनेको सरकारलाई पूर्ण समर्थन छ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री सुशीला कार्की भेटवार्ता गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि उपस्थिति थिए । भेटवार्ताका क्रममा देशको समसामयिक राजनीतिक परिस्थिति र आगामी निकासका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै प्रधानमन्त्रीको सचिवालयका अनुसार, विप्लवले वर्तमान […]

रास्वपाले निर्वाचन केन्द्रित कार्यदलहरु गर्‍यो गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन केन्द्रित कार्यदलहरु गठन गर्ने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समिति बैठकले उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको निर्वाचन केन्द्रित वाचापत्र तयारी कार्यदलमा सदस्य विस्तार गर्ने निर्णय गरेको छ । स्वर्णिम नेतृत्वको वाचापत्र तयारी कार्यदलमा केन्द्रीय सदस्यहरु सोविता गौतम,गणेश कार्की, क्रान्तिशिखा धिताल,अरनिको पाँडे,नन्दन यावदसहित पार्टी सल्लाहकार राम गुरुङ सदस्य […]

आज काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ । पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने विवाद एक हप्ता केन्द्रीय कार्यसमिति बैठक रोकेर अनौपचारिक प्रयास गर्दा पनि मिल्न सकेको छैन । केन्द्रीय […]

एनपीएलको दोस्रो संस्करण खेलमा काठमान्डुलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौं । बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट पुनरागमान गर्दै सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विजयी सुरुआत गरेको हो । यस सिजन पहिलो खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर लयमा देखिएको काठमाडौंलाई दोस्रो खेलमा साविक उपविजेता सुदूरपश्चिमले २९ रनले पराजित गरेको हो । सुदूरपश्चिमको जितमा हर्मित सिंहले अलराउण्ड प्रदर्शन […]

प्रदेशबाट स्थानीय तहमा पठाइएकाे बजेट कटाैती हुदैनन्: मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवाप्रवाह छिटो र व्यवस्थित बनाउन संघ,प्रदेश र स्थानीय तीनै तहका सरकारले समान रुपमा ध्यान दिनुपर्ने बताएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेश समितिका पदाधिकारीसँग बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफलमा उनले जनतासँग प्रत्यक्ष सम्बन्धित काममा छिटोपन र सहजता अनिवार्य रहेको बताए । ‘जनताको काम छिटो […]

राप्ती पहिचानद्वारा क्यान्सर पीडित नन्दकलाको उपचारका लागि सहयोग अपिल

दाङ । तुलसीपुरबाट संचालनमा रहेको राप्ती पहिचान डटकम संचारगृहले आफ्नो संचारगृह शाखा प्रमुखको क्यान्सर पीडित नन्दकलाको उपचारका लागि सबैलाई सहयोग गर्न अपिल गरेको छ । संचारगृहका प्रकाशक तथा कार्यकारी सम्पादक एग्गे बहादुर बुढा मगरले संचारगृहका सामाजिक कार्य सेवा शाखा प्रमुख नन्दकला बुढा मगरको उपचारका लागि सहयोग गर्न अपिल गरेका हुन् । नन्दकला लामो समयदेखि क्यान्सर […]

लमहीमा धान बिक्री सुरु,स्थानीय कृषकहरु उत्साहित

दाङ । लमहीका कृषकहरुले यस वर्ष उत्पादन गरेको धान बिक्री गर्न थालेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड,मुख्य शाखा कार्यालय तुलसीपुरले लमही नगरपालिकाबाट १ हजार ५ सय क्विन्टल धान खरिद गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले मोटा धानको प्रती क्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा मुल्य निर्धारण गरी खरिद […]

आज रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार आज बस्ने भएको छ । दिउसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो । बैठकमा समसामयिक राजनीति,संवाद एवं सहकार्यका पहलबारे छलफल हुनेछ । सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारी समेत बैठकमा दिइने भएको छ । त्यस्तै केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा […]

राप्रपा लमही नगर समितिको अधिवेशन सम्पन्न,बलदेव भण्डारी अध्यक्षमा चयन

दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लमही नगर समितिको अधिवेशन मंगलबार आज लमहीमा सम्पन्न भएको छ। अधिवेशनले बलदेव भण्डारीको अध्यक्षतामा १७ सदस्यीय नगर कार्यसमिति गठन गरेको हो। नवगठित समितिमा शान्ति कुवर जेनी,मिना चौधरी,सीता सार्की,शिशिर कडेल,धर्म बहादुर खड्का,आदित्य कशौधन,चेत बहादुर खत्री, कमला जिसी,रविन्द्र ध्वज शाह,डोलप्रसाद पाण्डे, शेषमणी घिमिरे,हिरालाल खड्का,रुद्र बहादुर खत्री,गोपाल प्रसाद कडेल,दुर्गा प्रसाद सुवेदी र […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]