
Rgp1
Lnp
Ses
Djs
Gfs
Pbu
Unsku
Rgp
Srbpu
cjs
Sgr
Ggp
Pes
pku
सिरहा । सिरहामा शनिबार साँझ आएको तीव्र गतिको हावाहुरीका कारण घरको पर्खाल भत्किँदा एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा सखुवानकारकट्टी गाउँपालिका–२ मकरामपुरकी ६० वर्षीया किसुनवती यादव रहेकी छन्। स्थानीय विन्देश्वर यादवकी श्रीमती किसुनवती आफ्नै घरमा बसिरहेको बेला अचानक आएको हावाहुरीले घरको जस्तापाता उडाएको थियो। जस्तापाता उडेसँगै पर्खाल भत्किँदा इँटाले टाउकोमा गम्भीर चोट लागेको कारण […]
सल्यान। सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ भने मृतक सबै बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ का रहेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर देवराज भट्टराईका अनुसार, पछिल्लोपटक ३० वर्षीय मनबहादुर थापाको मेहलकुनामा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको हो। यसअघि ५० वर्षीय […]
पर्वत । पर्वत जिल्लाको जलजला गाउँपालिका–४ मा स्थानीयवासीहरूले सामूहिक लगानीमा जैविक मल उद्योग सञ्चालनमा ल्याएका छन्। खोलाखेतका बासिन्दाले करिब १५ लाख रुपैयाँको लगानीमा उद्योग स्थापना गरेका हुन्। उद्योग सञ्चालनका लागि गाउँ नजिकैको जंगल क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरिएको मल उत्पादन समितिका अध्यक्ष ढकबहादुर जिसीले जानकारी दिए। उनका अनुसार उत्पादन गरिएको जैविक कम्पोष्ट मलमा नाइट्रोजन, फस्फोरस, […]
ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। गत भदौ २४ गते फरार भएका सिन्धुलीको सुनकोशी गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौँको सुकेधारामा बस्दै आएका २५ वर्षीय प्रकाश मगरलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीका अनुसार मगरलाई प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले […]
काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पताल बाट डिस्चार्ज भएका छन्। पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ उनलाई अस्पतालबाट डिस्चार्ज गरी भक्तपुरको गुण्डुस्थित निवास लगिएको उनका सचिवालयले बताएको छ। गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा जेनजी आन्दोलनसम्बन्धी घटनामा अनुसन्धानका लागि प्रहरीले गत चैत १४ गते ओलीलाई पक्राउ गरेको […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक आह्वान गरेका छन्। आइतबार दिउँसो साढे ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको प्रवक्ता मनिष झाले बताएका दिए। बैठकमा पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तयारीलाई केन्द्रमा राख्दै ६ वटा मुख्य एजेन्डा तय गरिएको छ। प्रवक्ता झाका अनुसार विशेषगरी जिल्ला अधिवेशन […]
काठमाडौँ। कानुनको अन्तिम व्याख्या गर्ने निकाय सर्वोच्च अदालतमै कर्मचारीबाट नियम उल्लङ्घनगरेको पाइएको छ। वैशाख ३ गते अदालतको अनुगमन महाशाखाले गरेको आकस्मिक हाजिरी तथा ‘ड्रेसकोड’ अनुगमनमा नियम उल्लङ्घन गरेको पाइएको हो। सर्वोच्च अदालत प्रशासनका अनुसार अनुगमनका क्रममा बिहान ९:०० बजेपछि कार्यालय प्रवेश गर्ने ८२ जना कर्मचारी भेटिएका छन्। यस्तै, २२ जना कर्मचारी तोकिएको पोसाकविपरीत जिन्स र […]
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले हालै वृद्धि गरिएको इन्धनको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। माग पूरा नभए आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महाअभियानका संयोजक दुर्गा प्रसाईंले एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन सुरु गरिने बताएका हुन्। उनले महाअभियानको विद्यार्थी संगठनको […]
गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएको छ । नेपाल वायुसेवा निगमले काठमाडौँबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको छ । आइतबार, मंगलबार र बिहीबार उडान सञ्चालन हुँदै आएको थियो । नेपाल वायुसेवा निगमका आन्तरिक उडानतर्फ रहेका ट्विनअटर जहाजको मर्मतसम्भार गरेसँगै उडान […]
धनगढी । कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु भएको छ। चुरे गाउँपालिका–३, भक्तपुर बस्ने ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको उपचारका क्रममा शुक्रबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ। उनीहरू सहोदर दाजुभाइ हुन्। जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार बिहीबार मरेको […]