
Pbu
Rbs
Sds
mbd
Mbdvs
Gisld

Sls
Asm
Bbu
Rgs
Pvg
Rsb
Ssm
Ksm
Gst
Rgu
Bbbpu
Ggd
Hal
Wsp
Tsm
nsb
Rgu
Vor
Sbs

Jmb
Rmb
Pls
Mks
Gsb
Bml
Ptm
Jmb
Abd
sab
bbt
Syp
Rpp
बर्दिया । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतिर जाँदै गरेको लुम्बिनी प्रदेश बी एए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान करिब सवा पाँच बजेतिर गुलरिया नगरपालिका–७स्थित वन डिभिजन कार्यालय नजिक चार जना पैदलयात्रीलाई ठक्कर दिएको हो।
दुर्घटनामामृत्यु हुने गुलरिया नगरपालिका–५का ५५ वर्षीय भूमि लामिछाने र उनका करिब ७ वर्षीय नाति रीहान्स रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रकाशसिंह कार्कीले जानकारी गराए। स्थानीयका अनुसार मृत्यु भएका लामिछाने योग गुरुसमेत रहेको बताएका छन्।
उक्त दुर्घटनामा लामिछानेकी ५० वर्षीया पत्नी सीता र अर्का ६५ वर्षीय स्थानीय सूर्य उपाध्याय घाइते भएका छन्। दुवैलाई उपचारका लागि नेपालगञ्जस्थित नर्सिङहोम पठाइएको प्रहरीले जनाएको छ।
बिहान योग गर्न जाँदै गरेका उनीहरूलाई तीव्र गतिमा रहेको एम्बुलेन्सले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
