
Rbs
mbd
Gisld
Pbu
Sds
Mbdvs

Gst
Ggd
Rsb
Wsp
Sls
Tsm
Bbu
Ksm
Asm
Rgs
Sbs
nsb
Rgu
Hal
Ssm
Rgu
Bbbpu
Vor
Pvg

Pls
Mks
Ptm
Abd
Bml
Jmb
sab
Rpp
bbt
Jmb
Rmb
Syp
Gsb
दाङ । वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाको १७ औं साधारणसभा आईतबार गढवामा सम्पन्न भएको छ ।
समितिका अध्यक्ष पुष्पा यादवको अध्यक्षता तथा गढवा गाउँपालिकाका कार्यवाहक अध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य तथा गढवा ६ का वडाध्यक्ष वीरबहादुर आले मगर र सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरि भुसालको विशिष्ट अतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शारदा कुमारी चौधरीले वन तथा वातावरण संरक्षणमा सक्रिय संस्थालाई गाउँपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराइने बताउँदै स्थानीय तह र समितिबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए । उनले वन संरक्षण दीर्घकालीन विकाससँग जोडिएको विषय भएकाले सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे ।
त्यसैगरी वडाध्यक्ष वीरबहादुर आले मगरले स्थानीय सरकारमात्रैमा निर्भर नभई समुदाय स्वयं सक्रिय हुनुपर्ने बताउँदै वन व्यवस्थापनसँगै स्थानीय विकासलाई अघि बढाउन सकिने उल्लेख गरे । उनले वन क्षेत्रमा काम गर्ने संस्था र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष भुसालले डिभिजन वन कार्यालयका प्रतिनिधि कार्यक्रममा अनुपस्थित रहनु दुखद् भएको टिप्पणी गर्दै सामुदायिक वन उपभोक्तामैत्री हुनुपर्ने धारणा व्यक्त गरे । उनले वन व्यवस्थापनमा पारदर्शिता र समान व्यवहार आवश्यक रहेको उल्लेख गर्दै वन डढेलो नियन्त्रणका लागि उपभोक्ताको सक्रियता बढाउनुपर्ने बताए । त्यसैगरी,महासंघ गढवाका अध्यक्ष हेमराज शर्माले ७० वटा सामुदायिक वनको सहभागिता रहेको समितिले महत्वपूर्ण भूमिका खेलेको भए पनि समन्वय र सक्रियता अझ सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले वन संरक्षण बिना मानव जीवन असम्भव हुने भन्दै गस्ती, सचेतना र डढेलो नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन आग्रह गरे । संस्थापक अध्यक्ष उमाकान्त पन्तले संस्थाको स्थापना उद्देश्यअनुसार वन तथा वातावरण संरक्षणमा निरन्तर लागिरहन आग्रह गरे । कार्यक्रममा गढवा र राजपुर गाउँपालिकाका सामुदायिक वनका प्रतिनिधि, पत्रकार,स्थानीय जनप्रतिनिधि तथा उपभोक्ताको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका उपाध्यक्ष रमेश न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भई सचिव चित्रबहादुर महतराको सहजीकरणमा सम्पन्न भएको थियोे ।
