आगोमा जलेर १ को मृत्यु, ५ जना घाईते

गुल्मी । गुल्मीमा आगलागीमा परेर १ जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर–४ शान्तिपुरको बसपार्कमा रहेको शान्तिपुर बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक पूर्ण खनालका छोरा १५ वर्षीय समिर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खनालले बताए ।आगलागीमा परेर ५ जना घाइते भएका छन् । […]

पैदलयात्रीलाई खाना खुवाउँदै, बसमा घर पठाउँदै

चन्द्रौटा ।कपिलवस्तुको पश्चिमी क्षेत्रमा रहेको शिवपुरका युवाहरु समाजसेवामा तातिएका छन् । कोरोना संक्रमणका कारण मुलुक लकडाउनमा परेको अवस्थामा मजदुरहरु पैदलयात्रा बाटै घर तर्फ गैरहेका छन् । सयौं किलोमिटर भोकै र प्यासै हिडिरहेका मजदुरका भगवान बनेर शिवपुरका युवाहरु उदाएका छन ।युवाहरुले पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पैदलयात्रीलाई आराम गर्ने, खानाको प्रवन्ध मिलाउँने देखि गन्तव्यसम्म पठाउने बसको व्यवस्था मिलाएका […]

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, एकैदिन १४ जना थपिए

काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयले नेपाल थप १४ जना नयाँ कोरोना संक्रमित भेटिएको आफ्नो आधिकारीक फेसबुक पेज मार्फत जानकारी दिएको हो । मन्त्रालयका अनुसार उदयपुर जिल्लामा संक्रमित हुने […]

कपिलवस्तुमा सबै प्रकारको आवागमन ठप्प

कपिलवस्तु । सीमा क्षेत्रमा चोर बाटो हुँदै आवतजावत बढेपछि सशस्त्रले कपिलवस्तुमा सबै आवागमन ठप्प पारेको छ । कपिलवस्तुको भारतसँग सीमा जोडिएको ९३ किमी सशस्त्रले सील गरेको छ । कपिलवस्तुको बिभिन्न स्थानमा पाल र टेण्ट टाँगेर ३५ अस्थायी पोष्ट खडा गरिएको सुरक्षा व्यवस्था बढाइएको हो । ६० देखि ६५ खुला ठाउँमा डियुटी खटाइएको छ । शसस्त्र […]

यात्रु बोक्ने एम्बुलेन्स प्रहरीको नियन्त्रणमा

प्युठान । लकडाउनको अवधिमा बढी पैसा कमाउने उदेश्यले बिरामी छाडेर यात्रु ओसार्ने एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्युठान नगरपालिका ८ धर्मावती स्थित बाग्दुलामा चार जना यात्रुु बोकेको अवस्थामा एम्बुृलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।मा भारतिय भु.पु सैनिक संगठनद्वारा संचालित लु१च २१३६ नम्बरको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । कोरोना भाइरसका कारण देश लकडाउनमा […]

प्युठान र दाङका ११ मजदुर गुल्मीमा अलपत्र

प्युठान । गुल्मीमा एघार जना मजदुर अलपत्र परेका छन। पर्बतबाट घर जानका लागि पैदल हिडेका प्युठान र दाङका ११जना मजुदुरहरु गुल्मिमा अलपत्र परेका हुन । बिखर्ची भएपछि घरतर्फ लागेका प्युठानको सरुमारानी गाउँपालिका ५ बिरिङ्कोट र लमही नगरपालिका १ सुनडबरी घर भएका उनीहरु फेवा कन्सट्रक्सन पर्बतबाट सडकमा काम गर्ने मजदुर हुन ।उनीहरु पर्बतमा पर्खाल (वाल) लगाउने […]

नेपालमा कोरोना संक्रमित संख्या १२ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेका छन् । पर्साबाट हेटौंडा प्रयोगशालामा लगिएका तीन जनाको नमूनामा पोजिटिभ देखिएपछि काठमाडौंस्थित टेकु अस्पतालमा लगिएको थियो ।यहाँ पनि कोरोना संक्रमणको पुष्टि भएको विवरणहरु सार्वजनिक भएका छन् । यसअघि ९ जनामा संक्रमण पुष्टि भएको र एक जना उपचारपछि घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । नारायणी उपक्षेत्रीय अस्पताल […]

एसइई तयारीका विद्यार्थीलाई अनलाइन कक्षा सञ्चालन

बुटवल। तिलोत्तमा।लकडाउनको कारण विद्यार्थीहरु विद्यालय जान—आउन नसक्ने भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको छ । एसइईको तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी नगरपालिकाले शुक्रबारबाट अनलाइन कक्षा सुरु गरेको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताउनुभयो ।विषयविज्ञ शिक्षकहरुले हरेक दिन दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म अनलाइन कक्षामार्फत् विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको छ । शान्ति नमूना […]

स्वर्गद्वारीका ३ सय ४८ गरीव परिवारले पाए राहत

प्यूठान । स्वर्गद्वारी नगरपालिका प्यूठानले लकडाउनका कारण समस्यामा परेका ३ सय ४८ विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न वितरण गरेको छ । परिवारमा सदस्य संख्याको आधारमा परिमाण निश्चित गरी खाद्यान्न वितरण गरिएको नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले बताउनु भयो । ४ जनासम्म सदस्य संख्या रहेको परिवारलाई २५ केजी चामल र त्यो भन्दा माथी सदस्य संख्या रहेको […]

विपत्तिमा गोकर्ण बिष्ट्रले गरे जन्मभूमिलाई सहयोग

पछिल्ला समय कोरोना संक्रमणको जोखिम अझै बढ्दै गएको छ । तर जिल्लामा काम गर्ने स्वास्थ्यकर्मीहरु पिपिइको अभावमा जोखिम मोलेरै स्वास्थ्य सेवा प्रबाह गर्न बाध्य छन् । यो समयमा गुल्मी जिल्लाका स्थानीय तह र स्वास्थ्य कर्मीलाई पिपिइ सहयोग भएको छ । गुल्मी जिल्लाका स्थानीय तह र स्वास्थ्य कर्मीलाई पिपिइ सहयोग भएको छ । गुल्मी क्षेत्र नं […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]