
sbs
Lnp
Pbu
Sgr
pku
Gfs
Pes
Unsku
Ggp
Srbpu
Rgp
Rgp1
cjs
Djs

Bbbpu
Ssm
Asm
Rgu
Ggd
Wsp
Sls
Vor
Rsb
Rgu
Gst
Bbu
Sbs
nsb
Ksm
Pvg
Tsm
Rgs
Hal

Jmb
Rpp
Abd
Gsb
bbt
Syp
Pls
Rmb
Bml
Mks
Ptm
sab
Jmb
पछिल्ला समय कोरोना संक्रमणको जोखिम अझै बढ्दै गएको छ । तर जिल्लामा काम गर्ने स्वास्थ्यकर्मीहरु पिपिइको अभावमा जोखिम मोलेरै स्वास्थ्य सेवा प्रबाह गर्न बाध्य छन् । यो समयमा गुल्मी जिल्लाका स्थानीय तह र स्वास्थ्य कर्मीलाई पिपिइ सहयोग भएको छ । गुल्मी जिल्लाका स्थानीय तह र स्वास्थ्य कर्मीलाई पिपिइ सहयोग भएको छ । गुल्मी क्षेत्र नं २ का सांसद तथा पूर्व मन्त्री गोकर्ण बिष्टको पहलमा जिल्लाका लागि ३ सय थान पिपिइ स्थानीय तह र स्वस्थ्य कर्मीलाई हस्तातरण गरिएको हो । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण सतर्कता अपनाउनको लागि प्रदेश ५ का सांसद दिनेश पन्थी, जिल्ला समन्य प्रमुख लक्ष्मण पराजुली, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले स्थानीय तहका प्रमुखहरुलाई हस्तातरण गरेका थिए । कोरोना संक्रमणका बेला जिल्लामा पिपई अभाव भइरहेको बेला सहयोग गरेकोमा पूर्व मन्त्री एबम् सांसद बिष्टलाई जिल्लाका प्रमुख जिल्ला अधिकारी शर्माले धन्यवाद दिए । जिल्ला भर रहेका स्थानीय तहहरुलाई प्रति २० थान र गुल्मी अस्पतालका लागि ६० थान पिपिइ हस्तातरण गरिएको थियो । पिपिइ सहयोगले सवैलाई उर्जा थपेको बताउँदै आगामी दिनमा पनि यस्तै सहयोगको आबश्यक रहेको गुल्मी अस्पतालका डक्टर उत्तम पच्याले बताए ।पिपिइ हस्तातरण गर्दै छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्तले बिश्वभर महामारी चलिरहेका बेला भएको यो सहयोगले जिल्लाका स्वस्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने काम गरेको बताउनु भयो । जिल्लामा यो सामग्री नभएका कारण काममा जोखिम भएको भन्दै चिकित्सकहरु र एम्बुलेन्स चालकहरुमा मनौबैज्ञानिक त्रास सृजना भएको थियो ।कोरोना संक्रमणको रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउन निकै कसरत गरेर पिपिइ पठाइएको सांसद गोकर्ण बिष्टले बताए । उनले सवै पिपिइ प्रमुख जिल्ला अधिकारी मार्फत आवश्यकताको आधारमा जिल्लाका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसम्म पु¥याउने बताए ।बिष्टको सचिवालयले जिल्लाका स्थानीय तहहरुसंग समन्वय गरेर सहयोग गरिरहेको छ । स्वास्थ्य सामग्रीको चरम संकटका बेला पनि गुल्मी क्षेत्र नं २ का विभिन्न स्थानीय तहहरुमा एक सय ८० सेट पिपिई, ८० थान सेनिटाइजर, १५ थान ठुलो सेनिटाइजर, थर्मलगन र माक्स लगायतका आवश्यक स्वास्थ्य सामग्री खरिद गरेर पठाएको पुर्व मन्त्री गोकर्ण बिष्टका प्रेस सल्लाहकार मदन खनालले बताए । सांसद बिष्टले जिल्लाको लागि ५० थान ज्वारो नाप्ने थर्मलगन, २५ हजार सर्जिकल माक्स र अन्य स्वस्थ्य सामाग्रीहरु पनि पठाउने तयारी भइरहेको सचिवालयले जनाएको छ ।
