झइन्द्र भण्डारी शनिबार, चैत्र २९, २०७६

प्यूठान । स्वर्गद्वारी नगरपालिका प्यूठानले लकडाउनका कारण समस्यामा परेका ३ सय ४८ विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न वितरण गरेको छ । परिवारमा सदस्य संख्याको आधारमा परिमाण निश्चित गरी खाद्यान्न वितरण गरिएको नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले बताउनु भयो । ४ जनासम्म सदस्य संख्या रहेको परिवारलाई २५ केजी चामल र त्यो भन्दा माथी सदस्य संख्या रहेको परिवारमा प्रति व्यक्ति ५ केजीको दरले चामल उपलब्ध गराईएको रोका क्षेत्रीले जानकारी दिनु भयो । जस अनुसार नगरपालिका भित्र जम्मा १४ सय १९ सदस्य लाभान्वित भएको नगरप्रमुखका स्वकीय सचीव तथा खाद्यान्न वितरण समितीका सदस्य रमेश पोख्रेलले बताउनु भयो । स्वर्गद्धारीका नौ वडाका गरीव बिपन्न परिवारलाई वडाबाट लगत लिईएर छनोट गरि खाद्यान्न वितरण गरिएको नगरप्रमुख रोका क्षेत्रीको भनाइ छ । यसै अनुसार ३ सय घरधुरीका १ हजार ४ सय १९ जना सदस्य लाभान्वित भएका छन । खाद्यान्न सामाग्री असंगठित क्षेत्रमा कार्यरत विपन्न , श्रमिक, असहाय परिवारलाई राहत सम्वन्धी मापदण्ड २०७६ मा रहि वितरण गर्ने गरिएको नगरप्रमुखले बताउनुभयो ।चामलसंगै १/२ लिटर तेल, १ केजि दाल, १ केजि नुन, १ के जि तरकारी स्वरूप सोयाबिन जनतालाई उपलब्ध गराईएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]