
Csbg-7
Jsbr-3
Pbu
Msbg-2
Gsbr-6
Gsbg-3
Rksr-7
Jsbg-7
Usbl-7
ksbl-7
दाङ । अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर ८,सातमारा स्थित होटल इभरल्याण्डमा आइतबारदेखि तीन दिने सामुदायिक प्रथम स्वास्थ्य प्रतिकार्यकर्ता तालिम सुरु भएको छ ।राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु,काठमाडौंको आयोजना,सारथी नेपाल ललितपुरको व्यवस्थापन तथा राप्ती गाउँपालिका दाङको समन्वयनमा सो तालिम सञ्चालन गरिएको हो । राप्ती गाउँपालिकाका विभिन्न वडाबाट २४ जना महिला तथा पुरुष सहभागी रहेका छन् । […]
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले निर्वाचनको वातावरण निर्माणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । त्यस्तै प्रधानमन्त्री कार्कीले राजनीतिक दलसहित सबै पक्षसँग संवाद र छलफल अघि बढाएकामा सराहना गर्दै उनीहरूले निर्वाचनका पक्षमा वातावरण बनाउन यी कदम […]
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् । यस्तै साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ । सो पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी छन् । उपाध्यक्षमा […]
कास्की । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर–६,लेकसाइड स्थित फेवातालमा आइतबार डुङ्गा पल्टिएर डुबेका ३ जनाको सकुशल उद्धार गरिएको छ । तालमा डुङ्गा अचानक पल्टिएपछि डुङ्गामा सवार चालक सोही महानगरपालिका आमबोटघाट बस्ने ४० वर्षीय महेश सुनार,रुपन्देही जिल्लाको बुटवल उपमहानगरपाािलका–३ बस्ने ४९ वर्षीय सोमबहादुर तामाङ र ४४ वर्षीय लालमान थारु फेवातालमा डुबेका थिए । त्यस्तै घटनाबारे जानकारी […]
पर्सा । नारायणी अस्पताल,जहाँ बिरामीले उपचार खोज्छन्,त्यही अस्पताल अहिले आफैं उपचारको खाँचोमा परेको देखिन्छ । सरकारी सेवाको आडमा केही कर्मचारी र डाक्टरले अस्पताललाई आफ्नै जागीर र पहुँचको अखडा बनाएका छन्। त्यस्तै अस्पतालभित्रै तोडफोड र आगजनी, चार महिना अघि सरुवा भइसकेका कर्मचारी अझै जागिरे र प्रवक्ताले कानुन तोडेका छन्। यी सबै घटनाले नारायणी अस्पतालको प्रशासनिक ढाँचा […]
गुल्मी । गुल्मीका एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । गुल्मी मालिका गाउँपालिका वडा नम्बर –३,म्यालमा २३ वर्षीय भोटबहादुर विकले बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। उनले बुवा–आमा माथि धारिलो हतियार प्रहार गरेका थिए । जसबाट बुवाको मृत्यु भएको छ भने आमा सख्त घाइते भएकी छन् । विकले करिब ५० वर्षीय […]
बुटवल । भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरेकाे श्री एयरलाइन्सका यात्रुलाई अर्को विमानबाट काठमाडौँ पठाइएको छ । शनिबार धनगढीबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सकाे फ्लाइट नम्बर २२२ विमान काठमाडौँ नपुग्दै बिच बाटोमै हाइड्रो लिक फेलियर भएर गौतमबद्ध विमानस्थलमा अवतरण गराइएको थियो । सो विमानमा रहेका यात्रुहरूलाई अर्को विमानबाट काठमाडौँ पठाएको विमानस्थलका निर्देशक तथा प्रवक्ता श्यामकिशोर साहले […]
दाङ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले देउखुरी क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टहरुको स्वच्छता तथा खाद्य गुणस्तरको अनुगमन गर्दै वर्गीकरण गरेको छ। अनुगमनको क्रममा राप्ती गाउँपालिका वडा नम्बर १, भालुबाङमा सञ्चालनमा रहेको होटल पाैवा प्रालिलाई ‘अति उत्तम’ श्रेणीमा राखिएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार होटल तथा रेष्टुरेन्टहरुको सरसफाइ, खानाको गुणस्तर,सेवा सुविधा,भान्साको स्वच्छता, […]
काठमाडौँ । अनलाइन सञ्चारमाध्यम दर्तामा शुल्क तोकिएको प्रति प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै प्रेस सेन्टरले सरकारको यो कदमको विरोध गरेको हो । ‘नेपाल सरकारले छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली,२०८२ जारी गरी अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण सम्बन्धी गरेको कतिपय प्रावधानप्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर –१८,कात्तिके डाँडामा प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको छ। गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कालिका सामुदायिक वनको प्रतीक्षालयमा छापा मार्दा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। त्यस्तै प्रहरीका अनुसार घटनास्थलबाट जुवाको खालमा रहेको नगद ५५ हजार २०० सहित ५ […]