
Rgp
Asb
Pbu
Jns
Dus
Rgp
Ggp
Usb
lnp
Dbs
Lks
Lnp
Sgp
Rgp
ksb
Ggp
Rgp


कास्की । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर–६,लेकसाइड स्थित फेवातालमा आइतबार डुङ्गा पल्टिएर डुबेका ३ जनाको सकुशल उद्धार गरिएको छ ।
तालमा डुङ्गा अचानक पल्टिएपछि डुङ्गामा सवार चालक सोही महानगरपालिका आमबोटघाट बस्ने ४० वर्षीय महेश सुनार,रुपन्देही जिल्लाको बुटवल उपमहानगरपाािलका–३ बस्ने ४९ वर्षीय सोमबहादुर तामाङ र ४४ वर्षीय लालमान थारु फेवातालमा डुबेका थिए ।
त्यस्तै घटनाबारे जानकारी पाउनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल नम्बर२४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमाण्डमा खटिएको संयुक्त विपद् उद्धार टोलीले मोटरबाेटको सहायताले उनीहरूको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
