
Asb
Ggp
ksb
Jns
lnp
Ggp
Rgp
Sgp
Usb
Dbs
Dus
Rgp
Lnp
Pbu
Rgp
Lks
Rgp


दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर –१८,कात्तिके डाँडामा प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको छ।
गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कालिका सामुदायिक वनको प्रतीक्षालयमा छापा मार्दा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
त्यस्तै प्रहरीका अनुसार घटनास्थलबाट जुवाको खालमा रहेको नगद ५५ हजार २०० सहित ५ गड्डी खोलेको र ७ गड्डी नखोलेको तास बरामद गरिएको छ । पक्राउ पर्नेमा घोराही–१०,खैरा बस्ने ३२ वर्षीय विर बहादुर बुढा मगर,हापुर साजखर्क बस्ने ३७ वर्षीय दल बहादुर बुढा,रोल्पाको त्रिवेणी गाउँपालिका–२ नुवागाउँकी ४० वर्षीया तुलसी खड्का,त्यही क्षेत्रकी ४२ वर्षीया कल्पना घर्ती मगर र ४० वर्षीय भिम बहादुर बाठा रहेका छन् । प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
