
Rgp
Lks
Rgp
Ggp
Usb
ksb
Rgp
Jns
Asb
Sgp
Dus
Rgp
Ggp
Lnp
lnp

lms

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता पाएको छ । सो पार्टीका अध्यक्ष हर्क साम्पाङ आज निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन् ।
यस्तै साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ । सो पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी छन् । उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई,कोषाध्यक्ष समिता राई रहेका छन् । प्रवक्तामा अरुण गुरुङ रहेका छन् ।
त्यस्तै गत असोज १२ गते आइतबार साम्पाङ आफैं निर्वाचन आयोग उपस्थित भएर दल दर्ताको निवेदन दिएका थिए ।
