
Asb
Jns
Ggp
Rgp
Dus
ksb
Rgp
Rgp
lnp
Usb
Ggp
Lks
Sgp
Lnp
Rgp

lms

बुटवल । भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरेकाे श्री एयरलाइन्सका यात्रुलाई अर्को विमानबाट काठमाडौँ पठाइएको छ ।
शनिबार धनगढीबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सकाे फ्लाइट नम्बर २२२ विमान काठमाडौँ नपुग्दै बिच बाटोमै हाइड्रो लिक फेलियर भएर गौतमबद्ध विमानस्थलमा अवतरण गराइएको थियो । सो विमानमा रहेका यात्रुहरूलाई अर्को विमानबाट काठमाडौँ पठाएको विमानस्थलका निर्देशक तथा प्रवक्ता श्यामकिशोर साहले रातोपाटीलाई बताए ।
त्यस्तै आकस्मिक अवतरण गरिएको सो विमानका चालक दलका सदस्य र ८२ जना यात्रुहरूलाई अर्को विमानमा काठमाडौँ पठाइएको उनले बताए । काठमाडौँबाट प्राविधिक आएर समस्याग्रत विमानको मर्मत कार्य सुरु गरिएको प्रवक्ता साहले बताए ।
