
Rgp
pku
Gfs
Rgp1
Pbu
Ggp
Pes
sbs
Sgr
Unsku
Djs
Srbpu
Lnp
cjs

Ssm
Sls
Bbu
Rgs
Rgu
nsb
Asm
Sbs
Hal
Tsm
Gst
Vor
Ggd
Wsp
Bbbpu
Rsb
Rgu
Ksm
Pvg

Jmb
Rmb
bbt
Pls
Syp
Rpp
sab
Jmb
Gsb
Mks
Bml
Ptm
Abd
दाङ । अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर ८,सातमारा स्थित होटल इभरल्याण्डमा आइतबारदेखि तीन दिने सामुदायिक प्रथम स्वास्थ्य प्रतिकार्यकर्ता तालिम सुरु भएको छ ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु,काठमाडौंको आयोजना,सारथी नेपाल ललितपुरको व्यवस्थापन तथा राप्ती गाउँपालिका दाङको समन्वयनमा सो तालिम सञ्चालन गरिएको हो । राप्ती गाउँपालिकाका विभिन्न वडाबाट २४ जना महिला तथा पुरुष सहभागी रहेका छन् ।
आकस्मिक दुर्घटना वा संकटको अवस्थामा समुदायमै प्राथमिक उपचार र तत्काल सहयोग कसरी प्रभावकारी ढङ्गले गर्न सकिन्छ भन्ने बारे व्यावहारिक अभ्याससहित सीप विकास गराउने उद्देश्यले तालिम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
त्यस्तै तालिम उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले ग्रामीण क्षेत्रमा आकस्मिक स्वास्थ्य सेवा तुरुन्त उपलब्ध नहुँदा धेरै समस्या देखिने गरेको बताए । “दुर्घटना वा आकस्मिक अवस्थाका बेला स्वास्थ्य सहायताको पहिलो आधार समुदायमै हुनुपर्ने हुन्छ । यस्ता तालिमले समुदायका मानिसहरुलाई प्राथमिक स्वास्थ्य प्रतिकार्यका लागि सक्षम र जिम्मेवार बनाउँछ,”अध्यक्ष विष्टले भने । उनले समुदायमा हुने जोखिम,दुर्घटना तथा आकस्मिक अवस्थाहरुमा तालिमप्राप्त जनशक्ति नै पहिलो र भूमिकाबाहक सहारा हुने विश्वास व्यक्त गरे ।
यस्तै राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका प्रतिनिधि विजय श्रेष्ठले तालिममा प्राप्त भएका सीपलाई व्यवहारमा लागू गर्दै समुदायस्तरमा स्वास्थ्य पूर्वतयारी मजबुत बनाउन सहभागीहरुलाई आग्रह गरे । सारथी नेपालका अमित सिंहले सीपलाई व्यवहारमा उतार्न सहभागीहरुको प्रतिबद्धता नै तालिमको परिणामकारीता सिद्ध हुने बताए ।
सो तालिममा घटनास्थलको सुरक्षा मूल्यांकन, बिरामीसँग प्रभावकारी सञ्चार र सहयोगको सहमति,अवस्थाको पहिचान तथा व्यवस्थापन, मनोवैज्ञानिक सहयोग,साथै समुदाय र कार्यस्थलमा हुन सक्ने यौनजन्य दुर्व्यवहार निवारण लगायतका विषयमा प्रशिक्षण प्रदान गरिने बताइएको छ। तालिमको प्रमुख प्रशिक्षकका रुपमा डा.सिर्जना सिंह,दुर्गेश कुमार योगी,अमृत गुरुङ,आशिष रेग्मी र शंकर अधिकारी रहेका छन् ।
