
Gfs
cjs
pku
Sgr
Srbpu
Pes
Pbu
Ses
Rgp
Unsku
Rgp1
Lnp
Ggp
Djs
सुर्खेत । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनैजना मन्त्रीले आज संयुक्तरुपमा राजीनामा दिएका छन् । त्यस्तै माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला,सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले संयुक्तरुपमा आज राजीनामा दिएका हुन् । यस्तै संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री […]
कर्णाली । कर्णाली प्रदेशमा रहेका मुक्त हलियाहरुको अवस्था र पुनःस्थापनाको सवाललाई लिएर संविधानसभा सदस्य,हलिया एंव दलित आन्दोलनका अगुवा,पूर्व सासद हरि श्रीपाईलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीको ध्यानाकर्षण गराएका छन् । यसैगरी सोमबार कर्णाली प्रदेशको सुर्खेत पुगी पूर्वसासद श्रीपाईली नेतृत्वको टोलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाही,भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी,सामाजिक विकास […]
बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियामा भर्खरै मात्र सरुवा भएर बर्दिया जिल्लाको कमाण्ड सम्हाल्न आएका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले पत्रकारसँगको कुराकानीमा समाजमा नागरिक शान्ति सुरक्षा कायम राख्न आफूले अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्ने बताएका छन् । उनले बर्दिया जिल्ला जस्तो संवेदनशील जिल्लामा आफू आउन पाउनु अवसर र चुनौती दुवै रहेकाले सबै पत्रकारहरुको सहकार्य तथा […]
दाङ । नेपाली काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले प्रधानमन्त्री केपी शर्मा ओलीले आम नेपाली नागरिकको हक खोस्ने र संबैधानिक संकट निम्ताउने गरेको आरोप लगाउनु भएको छ । शनिबार राप्ती समाज क्यानाडा र राप्ती गाउँपालिका तरुण दलद्धारा आयोजित जुम भर्चुअल कार्यक्रममा नेत्र भट्टराईको सभाध्यक्ष तथा नेपाली कांग्रेसका प्रमुख सचेतक बाल कृष्ण खाँडको प्रमुख आतथ्यमा भएको थियो […]
दाङ । देउखुरीको लमही नगरपालिकाका ५ वडाध्यक्ष सहित ७ जना वडा सदस्यहरुले शुक्रबार सामुहिक बिषयगत समितिबाट राजिनामा दिएका छन् । बिबादित प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई मेयर, उपमेयर सहित केही वडाध्यक्ष हरुले पुन: लमही नगरमा सरुवा गराउँदै चोर ढोकाबाट हाजिर गराएको आरोपमा उनिहरुले राजिनामा दिएका हुन् । डाँगीलाई कार्यालयमा उपस्थित नगराई हाजिरी बोकेर लुकिछिपी […]
काठमाडौं । डढेलो यतिबेला नेपालको मात्र हैन विश्वव्यापी प्रदूषण बढाउने समस्या बनेको छ । डढेलोको तुवाँलोले वायुमण्डल ढाकेपछि अन्य प्रदूषण मिसिएर नेपालसहित विभिन्न मुलुकमा वायु प्रदूषणको दरलाई उच्चतिर धकेलिरहेको छ । युरोप, अमेरिका लगायतका देशमा भन्दा बढी एसिया र मध्य एसिया क्षेत्रका जङ्गलमा डढेलो उग्र बनेको छ । यसरी प्रि–मनसुनको सुक्खामा प्रकोपका रूपमा देखा परेको […]
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विकसित राजनीतिक घटनाक्रम नियाल्ने तर तत्काल केही नबोल्ने र नखुल्ने रणनीति लिएको छ । नया सरकार गठन सम्बन्धमा कांगे्रसले कुनै रुचि नलिएपछि त्यो सम्भावना करिब अन्त्य जस्तै भएको छ । हाल,कम्युनिस्ट शक्तिबीच आन्तरिक कलह मात्रै भएको र सत्ताका लागि उनीहरू विभाजित मनस्थितिमा नपुगिसकेको भन्दै कांग्रेसले तत्काल केही नबोल्ने र […]
दाङ । हुलाकी राजमार्ग अन्तरगत लमही- कोईलाबास सडकखण्डको बुधवार बिधिवत उद्घाटन गरिएको छ । दाङको प्रमुख तथा पुरानो नाका भनेर चिनिने कोईलाबास सडकखण्डको उद्घाटन गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले गर्नु भएको हो । लमही-कोईलाबास सडकखण्ड अनेत्र पुर्ण रुपमा सम्पन्न भएपनि लमही बजारमा फराकिलो नहुँदै उद्घाटन गरिएको हो । मु-आब्जाको बिषयमा बारम्बार […]
दाङ । देउखुरीको लमही नगरपालिकाका १३ जना वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरूले नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन्। त्यस्तै उनीहरुले विवादीत व्यक्तिलाई प्रमुख प्रशासकीय अधिकृतमा ल्याउन लागेको भन्दै नगरपालिकामा धर्ना दिएका हुन्।त्यस्तै विवादीत छबिका गेहेन्द्रबहादुर डाँगीलाईलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा ल्याउन थालेपछि धर्ना दिएको वडा ३ का अध्यक्ष बाबुराम चौधरीले बताउनु भयो । डाँगी यसअघि लमही नगरपालिकाकै […]