
pku
Rgp
cjs
Gfs
Ses
Srbpu
Ggp
Pbu
Djs
Sgr
Pes
Rgp1
Lnp
Unsku

Hal
Wsp
Vor
Rsb
Bbu
Rgu
Ksm
Bbbpu
Tsm
nsb
Ggd
Gst
Ssm
Rgs
Sls
Rgu
Pvg
Asm
Sbs

Bml
Jmb
bbt
Rmb
Pls
Mks
sab
Syp
Gsb
Ptm
Jmb
Abd
Rpp
दाङ । हुलाकी राजमार्ग अन्तरगत लमही- कोईलाबास सडकखण्डको बुधवार बिधिवत उद्घाटन गरिएको छ ।
दाङको प्रमुख तथा पुरानो नाका भनेर चिनिने कोईलाबास सडकखण्डको उद्घाटन गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले गर्नु भएको हो । लमही-कोईलाबास सडकखण्ड अनेत्र पुर्ण रुपमा सम्पन्न भएपनि लमही बजारमा फराकिलो नहुँदै उद्घाटन गरिएको हो । मु-आब्जाको बिषयमा बारम्बार बिबाद हुँदा लमही बजार क्षेत्रमा सडक फराकिलो बनाउन नसकिएको कन्सल्टेन्सीका पदाधिकारी बताउँछन् ।
लमही नगरपालिकाले मु-आब्जा का लागि अनेक सहमतीको प्रयास थालेपनि निस्कर्ष बिहिन हुँदा अन्त्यमा सडकको उद्घाटन गरिएको हो । कतै सहमती र बिमतीका कारण नाला सहित ११ मिटर चौडा हुनुपर्ने सडक लमही बजार क्षेत्रमा भने फराकिलो हुन सकेन । कन्सल्टेन्सीको स्टिमेट अनुसार ७ मिटर कालोपत्रे र दायाँ बायाँ २/२ मिटर सोल्जर सहित ११ मिटरको फराकिलो सडक बनाउनुपर्ने हो । तर मु-आब्जाको बिषयमा सहमति जुट्न नसक्दा लमही बजार क्षेत्रमा भने सडक फराकिलो हुन सकेन ।
एन एच आई डि सिएल कन्सल्टेन्सी नया दिल्लिले नेपालमा आफ्नो लगानीमा निर्माण सम्पन्न गरिसकेका १४ वटा सडकको बुधवार नै उद्घाटन गरेको छ । बुधवार नै उद्घाटन भईसक्नुपर्ने भएकाले लमही-कोईलाबास सडकखण्डको पनि उद्घाटन गरिएको कन्सल्टेन्सी नया दिल्लिका ईन्जिनियर बिरेन्द्र मण्डलले बताउनु भयो ।
भारत सरकारको ६९ करोड सहयोगमा ३३ किलोमिटर लामो सडक कालोपत्रे गरिएको छ । सडक कालोपत्रेका लागि ठेक्का पाएको कुमार कालिका जेभि कन्ट्रक्सनले ३५ महिना लगाएर २०२० मे मा सम्पन्न गरेको हो । २०१७ देखि निर्माणकार्य शुरु गरेको जेभि कन्ट्रक्सनले २०१९ डिसेम्बर सम्ममा कालोपत्रे गरिसक्नु पर्ने थियो । तर, प्राबिधिक कारण केही ढिला गरि सम्पन्न भएको कन्सल्टेन्सी नँया दिल्लिका ईन्जिनियर बिरेन्द्र मण्डलले बताए । २०२२ मे सम्ममा सकड टुठफुट भएमा, भत्केमा निर्माण कम्पनीले रेखदेख (डि एल पि) गर्नुपर्ने कन्सल्टेन्सीको भनाई छ ।
सडक कालोपत्रे भएसँगै अहिले कोईलाबास घुम्न जानेहरुको सँख्यामा पनि बृद्दी भएको छ । सडक कालोपत्रे नहुँदा त्यसक्षत्रका स्थानियहरु दैनिक सास्ती सँगको सामना गर्नुपर्थ्यो । सडक निर्माण भएसँगै लमही, गढवा, कोईलाबास नजिकै बाट नियाल्न सकिने भएको छ ।
