टेकबहादुर पुन शनिबार, चैत्र २१, २०७७

दाङ । देउखुरीको लमही नगरपालिकाका ५ वडाध्यक्ष सहित ७ जना वडा सदस्यहरुले शुक्रबार सामुहिक बिषयगत समितिबाट राजिनामा दिएका छन् ।

बिबादित प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई मेयर, उपमेयर सहित केही वडाध्यक्ष हरुले पुन: लमही नगरमा सरुवा गराउँदै चोर ढोकाबाट हाजिर गराएको आरोपमा उनिहरुले राजिनामा दिएका हुन् ।

डाँगीलाई कार्यालयमा उपस्थित नगराई हाजिरी बोकेर लुकिछिपी चोरढोकाबाट हाजिर गराएको उनिहरुको आरोप छ ।

लमही नगरपालिकाको कुनैपनि गतिबिधी तथा बैठकहरुमा समाबेस नहुने गरि उनिहरुले मेयर कुलबहादुर केसीलाई राजिनामा पत्र हस्तान्तरण गरेका हुन् । लमही नगर कार्यपालिकाले गठन गरेको बिषयगत विभिन्न समिति हरुमा नरहने गरि राजिनामा दिएको वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरीले बताए । “कार्यपालिकाको बिषयगत समितिका जिम्बेवारीमा अब रहँदैनौ, ३ दिन सम्म धर्नामा बस्दापनि ब्यवास्ता गरियो चौधरीले भने-यसको जिम्वेवार मेयर, उपमेयर र केही वडाध्यक्ष हुनुपर्छ ।”

राजिनामा दिने वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरी कार्यपालिकाको बिषयगत सामाजिक बिकाश समितिको सँयोजक सहित अन्य ४ समितिमा सदस्यको जिम्बेवारीमा थिए । त्यस्तै वडा नम्बर २ का वडाध्यक्ष नेपालु चौधरी वातावरण तथा बिपद ब्यबस्थापन समितिको सँयोजक, वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरी ५ समितिमा सदस्य, वडा नम्बर १ का वडाध्यक्ष नुमराज पौडेल बिधेयक समितिको सँयोजक र वडा नम्बर ८ का वडाध्यक्ष मेघनारायण चौधरी सार्बजनिक सेवा तथा क्षमता बिकाश समितिको सँयोजकको जिम्बेवारीमा थिए । अन्य ७ जना कार्यपालिका सदस्यहरु पनि विभिन्न समितिहरुमा सदस्यको जिम्बेवारमा थिए ।

बाणगँगा नगरपालिका कपिलबस्तु बाट यही चैत्र १७ गते रमाना लिएर आएका बिबादित कार्यकारी डाँगीलाई लुकिछिपि १८ गते नै लमही नगरपालिकामा हाजिर गराएको रहस्य बाहिर आएको छ । जुन हाजिर भएको जानकारी पत्रमा डाँगीको आफ्नै हस्ताक्षर छ ।

कार्यकारी डाँगी लमही नगरमा सरुवा भएर आउन थालेको खबर पाए लगत्तै ५ वडाध्यक्ष सहित ७ सदस्यहरु ३ दिनसम्म नगरपालिकाको मुलगेट मै धर्नामा थिए । उनलाई नगरपालिकामा हाजिर हुन नदिएर बहिस्कार गर्ने भन्दै धर्नामा बस्नुपरेको वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरीले बताए । यो भन्दा पहिले नै बिबादमा मुछिएका कार्यकारीलाई कुनैपनि हालतमा लमही नगरमा हाजिर हुन नदिने उनिहरुको धारणा थियो । तर, आफुहरुको धर्ना कार्यक्रमलाई ब्यवास्ता गरी लुकिछिपि हाजिर गराएको आरोपमा राजिनामा दिनुपरेको वडा नम्बर २ का वडाध्यक्ष नेपालु चौधरीले बताए ।

उता मेयर कुल बहादुर केसीले आर्थिक बर्षको मसान्त नजिकिँदै गर्दा बिकाशमा अबरोध हुनेगरी कार्यकारीलाई बहिस्कार गर्न खोज्नु जायज नभएको धारणा राखे । नेपाल सरकारका कर्मचारी आउने जाने क्रम चलिरहने जनाउँदै मेयर केसीले मन्त्रालयबाट सरुवा भएर आउने कर्मचारीलाई हाजिर हुनबाट बञ्चित गर्न नहुने बताए । “हामी आर्थिक बर्षको मसान्तको नजिकमा छौँ, धेरै बिकाशका कामहरु रोकिएका छन, यस्तो प्रस्थितिमा कार्यकारीलाई आउन नदिनु भनेको आफै लज्जित हुनु हो मेयर केसीले भने-भोलि जनप्रतिनिधिले कामनै गर्न सकेनन् भन्ने आक्षप लाग्न सक्छ, फेरि अन्तिम स्थितिमा अर्को कार्यकारी खोज्नुपनि त समस्या छ ।”

बिकाशमा अबरोध नहुने गरि चालू आर्थिक बर्षका कामहरु आईसकेका कार्यकारी बाटै गराउने मेयर केसीको धारणा छ । असार सम्म हेरौँ, पछि बिकल्प सोचौँला भनेर सम्झाउने प्रयास गरिरहेको छु, यसको लागि तत्काल छलफल बोलाउने तयारीमा पनि छु मेयर केसीले भने । प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगी यो भन्दा पहिले लमही नगरमा रहँदा अत्यधिक बिबादमा मुछिएका थिए । उनका बिरुद्द नगर कार्यपालिकाका १९ जना सदस्य मध्य १६ जना सदस्य र नगरसभाका ५० जनामध्य ४७ जनाले हस्ताक्षर गरि बिरोध जनाएका थिए । त्यस्तै नगरपालिकामा कार्यरत कर्मचारीहरुले समेत पेन डाउन गर्दै चरणबद्द आन्दोलन गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृत डाँगीलाई नोकरलाही, सामन्ती हैकमबाद, कार्यशैली गलत भएको लगायतका बुँदागत रुपमा आरोप लगाईएको थियो भने विधि र पद्दतीलाई भुली २ जना कर्मचारीलाई जवरजस्ती सरुवा सहमती लिन बाध्य पार्नुका साथै १ जना कर्मचारीलाई जागिरमा नरहने गरि बरखास्त गरेको आरोप समेत लागेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]