
Gfs
Ggp
Sgr
Srbpu
Rgp1
Ses
pku
Djs
Pes
cjs
Rgp
Pbu
Unsku
Lnp

Tsm
Wsp
nsb
Rgu
Sbs
Bbbpu
Vor
Hal
Ssm
Ksm
Rsb
Bbu
Pvg
Sls
Rgs
Rgu
Ggd
Asm
Gst

Ptm
bbt
Syp
Rmb
Jmb
Gsb
Jmb
Rpp
sab
Abd
Mks
Bml
Pls
दाङ । देउखुरीको लमही नगरपालिकाका १३ जना वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरूले नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन्। त्यस्तै उनीहरुले विवादीत व्यक्तिलाई प्रमुख प्रशासकीय अधिकृतमा ल्याउन लागेको भन्दै नगरपालिकामा धर्ना दिएका हुन्।
त्यस्तै विवादीत छबिका गेहेन्द्रबहादुर डाँगीलाईलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा ल्याउन थालेपछि धर्ना दिएको वडा ३ का अध्यक्ष बाबुराम चौधरीले बताउनु भयो । डाँगी यसअघि लमही नगरपालिकाकै प्रमुख प्रशासकीय अधिकृत रहेका थिए। विभिन्न परियोजनामा घोटला गर्न थालेपछि बहुमत पालिका सदस्यहरुले डाँगीलाई हटाउन माग गरेका थिए। नगरपालिका प्रमुखले वास्ता नगरेपछि त्यसबेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विन्तीपत्र पठाएको बाबुरामले बताउनु भयो ।
यस्तै विभिन्न परियोजनामा घोटला गर्ने,योजना पूरा नहुदै भुक्तानी दिइहाल्ने, १४ रुपैयाँको औषधि २८ रुपैयाँमा आएको टेन्डर पास गरिदिने, हुँदा हुँदा घुस पनि खान थालेपछि हामीले मेयरसापलाई ज्ञापन पत्र बुझायौं। त्यतिले पनि नभएपछि मन्त्रालयमै बिन्तीपत्र बुझायौं । अनि बल्ल डाँगीलाई मन्त्रालयले तानेछ, वडा अध्यक्ष बाबुरामले भन्नु भयो । त्यस्तै डाँगी कपिलवस्तुको कृष्णनगर र वाणगंगा नगरपालिकामा सरुवा भएका थिए। त्यहाँबाट सेटिङ मिलाएर फेरि लमही नगरपालिका आउन थालेपछि विरोध गरेको वडा नम्बर ६ का अध्यक्ष गणेशमान चौधरीले बताउनु भयो ।
यसैगरी सबैतिर विवादीत बनेका व्यक्तिलाई हाम्रो नगरपालिकामा ल्याउन हुँदैन भन्ने हाम्रो अडान हो। किनकि यसअघि उहाँकै कारण विभिन्न वडाहरुको परियोजनाहरु प्रभावित बनेको थियो । उहाँकै कारण नगरपालिकामा भ्रस्टाचार मौलकाएको थियो,उहाँले भन्नु भयो । त्यस्तै बाबुरामका अनुसार डाँगी रामभजन चौधरीसँग लिएको दस हजार घुससहित पक्राउ परेका थिए।
त्यस्तै यता नगरसपालिका उपप्रमुख देवका बेल्बासेले यसमा आफूहरुको कुनै हस्तक्षेप नरहेको बताउनु भएको छ । उहाँले माथिकै निर्णयबाट आएकाले यसमा आफूहरु केही गर्न नसक्ने समेत बताउनु भयो । हामीले यसलाई ल्याउने,यसलाई राख्ने,यसलाई हटाउने भन्ने हुँदैन। उहाँ माथि निर्णय गराएर आउनुहुन्छ भने हामीले रोक्न पनि मिल्दैन,’ उपमेयर बेलबासेले भन्नु भयो ।
यस्तै बहुमत सदस्यहरुले एक विज्ञप्ति जारी गरेर यसको विरोधसमेत गरेका छन्। उनीहरुले डाँगी लमही नगरपालिकामा जिम्मेवारी लिएर आएमा नगर कार्यपालिकाको सम्पूर्ण बैठकहरू बहिस्कार गर्ने चेतावनी समेत दिएका छन् । लमही नगरपालिकाको नगर कार्यपालिकामा गत वर्ष २०७६–११–०६ गतेका दिनदेखि तत्कालीन प्रमुख प्राशासकीय अधिकृत गहेन्द्रबहादुर डाँगीको विषयमा ठूलो विवाद भई निजको सरुवा गराउनका लागि नगर कार्यपालिकाका १९ जना सदस्यमध्ये १६ जना सदस्यहरूको हस्ताक्षर तथा नगर सभाका ५० जना सदस्यमध्ये ४७ जना सदस्यहरूको हस्ताक्षरसहित नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएको कुरा आम नागरिक वासीहरूलाई अवगत छ,’जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै विवाद समाधानका लागि नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा डेलीगेसन गई अनुरोध पत्र चढाएको र सोहीअनुसार नजिको सरुवा समेत भएकोमा फेरि निज विवादित प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई सरुवा भई ल्याउनको लागि नगर प्रमुख,उप–प्रमुख र केही वडाध्यक्षहरूले सहमति दिइसकेको हुँदा निजलाई यस लमही नगरपालिकामा हाजिर गराएमा हाम्रो तपसिलका वडाध्यक्षहरू तथा कार्यपालिकाका सदस्यहरूको अत्याधिक विमती तथा विरोध रहेको कुरा जानकारी गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।
यसैगरी विज्ञप्तिमा भनिएको छ, ‘नगर कार्यपालिकाको सम्पूर्ण बैठकहरू बहिस्कार गर्ने र यसबाट उब्जिने सम्पूर्ण समस्याको भागिदार सरुवा भई आउनका लागि सहमति दिने पक्षहरूनै हुने यस प्रेस विज्ञप्तिमार्फत जानकारी गराउँदै आम नागरिकमा पर्न जाने समस्याहरूप्रति क्षमा चाहन्छौँ ।’ त्यस्तै संयुक्त विज्ञप्ति जारी गर्ने वडाध्यक्षहरूमा मेघनारायण चौधरी,नुमराज पौडेल,नेपालु चौधरी, गणेशमान चौधरी,बाबुराम चौधरी रहेका छन् । कार्यपालिका सदस्यहरूमा राधा केसी,नारायणी खड्का,सुनिता चौधरी,पार्वती विक,ठगे दमाई, रमेश कुमाल र बमबहादुर विक रहेका छन्।
